• शनिबार १-८-२०८१/Saturday 04-20-2024
अर्थ

१४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट प्रस्तुत

काठमाडौं। सरकारले आगामी आर्थिक वर्षको लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बराबरको बजेट संसदमा प्रस्तुत गरेको छ। 

 

गत आर्थिक वर्षमा सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो। शुरूमा १७ खर्बको बजेट बनाउने तयारी गरेको सरकारले स्रोत जुटाउन समस्या हुने देखेपछि बजेटको आकार घटाएको हो। अर्थमन्त्री युवराज खतिवडाले चालु खर्चतर्फ ९ खर्ब ४८ अर्ब रूपैयाँ विनियोजन गरेका हुन ।

 

यो कूल बजेटको ६४ दशमलव ४ प्रतिशत हो । पुँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड अर्थात् २३ दशमलव ९ प्रतिशत छ । त्यसैगरी वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब ७९ करोड अर्थात् ११ दशमलव ७ प्रतिशत छ ।

 

यो चालु आव ०७६/७७ को तुलनामा यो बजेट सानो हो । चालु वर्षका लागि १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँको बजेट ल्याइएको थियो । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार