• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
डबली

नेपाली गीतलाई नयाँ उचाई प्रदान गर्ने चर्चित गीतकार थापाको निधन

काठमाडौं । चर्चित गीतकार रत्नशम्शेर थापाको  निधन भएको छ।

 

थापाको उपचारको क्रममा नर्भिक अस्पतालमा बिहीबार निधन भएको हो ।

 

 केहि  समयदेखि छातीको बिरामी रहेका उनको ८४ वर्षको उमेरमा निधन भएको हो । उनी प्रेम र राष्ट्रिय भावनाका गीत लेखनमा चर्चित थिए।

 

 उनका जाग लम्क चम्क, घुम्तीमा नआऊ है, ए कान्छा, विछोडको पिडालगायतका गीतहरु चर्चित छन्। 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार