• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप १५६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १०४२, पाँच जनको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ४२ पुगेको छ ।

 

बिहीबार थप १५६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १०४२ पुगेको बिहीबारको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाका अनुसार  बिहीबार  दैलेख ८, कैलाली २, दार्चुला १, स्याङ्जा ३, नवलपुर १, धनुषा २९, महोत्तरी १७, सप्तरी१४, मकवानपुर १, बर्दिया ३, बाँके १, झापा २५, सर्लाही ७, सिरहा ६, रौतहट २०, दोलखा २, सोलुखुम्बु १, बझाङ १ र सुर्खेतमा १३ संक्रमित थपिएका हुन्।  

 

यस्तै कोरोना भाइरसबाट  ललितपुरमा १ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । ललितपुर महानगरपालिका-२२ का ५७ वर्षीय पुरुषको किष्ट अस्पतालमा कोरोना संक्रमणका कारण बुधबार साँझ निधन भएको हो ।

 

बुधबारै आएको कोरोना परीक्षणको रिपोर्ट पनि पोजेटिभ नै रहेको स्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा। खगेश्वर गेलालले बताए । डा. गेलालका अनुसार, ११ गते अल्कोहलिक लिभर डिजिज भन्दै उनलाई पाटन अस्पताल लगिएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार