• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

नक्कली र खोक्रो उग्र राष्ट्रवाद धेरै दिन टिक्दैन प्रधानमन्त्री ज्यु !

काठमाडौं । लिम्पीयाधुरा, लिपुलेक, कालापानी समेतलाई समावेश गरि नेपालले आफ्नो नक्सा सार्वजनिक गरिसकेको छ । नक्सा सार्वजनिक भएसंगै देश बिदेशमा तरंग उत्पन्न भएको छ । संसदको रोस्ट्रमबाट प्रधानमन्त्रीले तथ्य र प्रमाणका आधारमा कूटनीतिक संवादका माध्यमबाट संवाद गर्दै समस्या समाधान गर्न भारतलाई आह्रवान गरेका छन । उनले संसदमा गरेको आह्रवानलाई लिएर सम्पूर्ण नेपालीले साथ दिने बचन समेत दिए । अहिले संविधान संशोधन अल्मलमा छ । संविधान संशोधनको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण अलमलमा परेको  सत्तारुढ दलका नेताहरुबाटै आरोप हुन थालेको छ । 

 

अर्कोतर्फ नेपाली कांग्रेसले संविधान संशोधनको पक्षमा रहेको भन्दै आरोपको कडा शब्दमा खण्डन गरेको छ । प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने भन्दै सत्ता पक्ष र प्रतिपक्ष बिच आरोप प्रत्यारोप जारी छ । कांग्रेस नेतृ रिता खनालले सत्ता पक्षले खुट्टा कमाएको आरोप लगाएकी छन ।विभिन्न दलमा चलखेल बढेको आशंका हुन थालेको छ । संशोधन प्रस्ताव पेश गर्ने भनिएपनि अन्तिममा आएर कार्यसूचीबाट हटाइएपछि आशंका बढ्दै गइरहेका बेला नेतृ खलालले गरेको यो अभिव्यक्ति :

 

प्रधानमन्त्री केपी ओलीको खोक्रो,लम्पसारबाद र नक्कली राष्ट्रियताबारे मैले त्यसैदिन शंका गरेको थिए र त्यसैदिन प्रमको कटु र रुखो शब्द न्युनतम कुटनीतिक मर्यादा नपुर्याइ संसदमा गर्जिएको त्यो शैली मै राष्ट्रियता माथि गम्भीर अविश्वास ब्यक्त गरेको थिए ।


केपी ओलीले भारतले गरेको अघोषित नाकाबन्दी  ताका पनि मैले mountain tv  मार्फत आफ्नो बिचार प्रस्तुत  गर्दा तत्कालीन  समयको उनको त्यो भारतीय पक्षमाथी गरेको खरो र रुखो टिप्पणीलाई म्याच फिक्सिङ गरेर बोलेको हो भन्दै शंका ब्यक्त गरेको थिए  । बिस्तारै त्यही नक्कली उग्र रास्ट्रवादले नेपाली  जनतासंग भोट साटेर प्रचण्ड बहुमतको सरकारमा सत्तासिन  भएका ओली बिस्तारै उनको लम्पसारवादी रुप उदाङिदै गए पनि फेरि यसपाली उहीँ पुरानै खेल को पत्ता फ्याल्न भ्याइ हाले ।


फेरि उनी सत्तासिन भए यताका हरेक गतिविधिमा इतिहास कै नालायक र भ्रष्ट  प्रमको रूपमा  सर्बत्र गन्हाएका ओलीले बडो चमत्कारी जादुशैली अपनाए । भारत लिपुलेकमा भारतबाट सिधै मानसरोवर जोडने सडक महिनौ लगाएर बनाएको खबरसंग बिल्कुल बेखबर भएको स्वाङ रचे ।अझै चमत्कारी अभिनय त भारतीय पक्षले लिपुलेकमा सडक उद्घाटन गरिसक्दा ए हो र लौ यो बिषयमा मलाई केही थाहा छैन भनेर दुनियाँ  हसाउने नाटक गरे । त्यो भन्दा खतरनाक  स्वाङ  चै संसद मै न्युनतम कुटनीतिक मर्यादा  पूरा नगरी जुन कटुशब्द र शैली अपनाए त्यो नै उनको दुई वर्षे कुकृत्यले भरिएको भ्रष्ट  छवी र जन-आलोचनाबाट  तत्काल  नागरिकको ध्यान अन्तै मोडदै उल्टो  ओली कै  वाह-वाहको भजन सुनियो ।

 

गाउन पनि लगाउने र लम्सारबादलाई संसद कै गर्जनको आवरण  दिएर एकतिर ३ शिकार को रणनीति रच्दै  बिगतमा झै दलाली आफू गर्ने लम्पसारवादी आफू अनि दोष कांग्रेसलाई थुपार्ने रणनीति फेरि यसपाली दोहोराएका छन  जसको ज्वलन्त  उदाहरण  हिजो संसदमा पेश हुने भनेको संविधान संसोधनको प्रस्ताव सुची बाट गायब गरि कांग्रेसमाथी दोष थुपारेर आफू जनताको कटाक्षबाट पनि पुन राष्ट्रवादीको नयाँ  जामा पहिरीने । वाह रे ओली वा क्या राष्ट्रवादको डङका पिटाउने र उता भारतीय  महाप्रभुलाई पनि सजिलै  चीत्त बुझाउने अर्को चटके खेल खेल्न भ्याइसके ।  केपी ओलीका उही पुरानै सोच तर नयाँ–नयाँ रणनीतिबाट आफूपनि बचौ र नागरिकमाथी रचिएको छद्मभेसको चटकबाट सचेत हौं कांग्रेसका  शिर्ष  नेतृत्वहरु ।


भारतीय मिडियाको खुशी ब्यक्त गर्ने शैलीमा सिधै कांग्रेसलाई मुछ्नुमा पनि दुबैपक्ष ओली सरकार र भारतीय पक्षको म्याच्फिक्सिङको गन्ध देख्दैछु । तमाम लोकतन्त्रबादी शक्तिहरुलाई गोलबन्द गर्दै राष्ट्रियता माथिको यो मुद्दामा सबैखाले देशी बिदेशी षड्यन्त्रलाई चिर्दै कांग्रेस खरो र दरो रुपमा प्रस्तुत होस र उग्र र खोक्रो नक्क्ली राष्ट्रवादलाई लतारेर संसदबाट नेपाली भुमी फिर्ता  गर्ने अवसरलाई कुनै मुल्यमा जित्न कांग्रेस  चतुर र चनाखो बनोस । उहीँ खेल र उहीँ पासामा दुनियाँ बेवकुफ बनाउने र आफ्नो कुकृत्य र कुर्सी जोगाउने महाप्रभुहरुको सेवामा देशलाई किस्ता किस्तामा भेटी चढाउने अनि दोष कांग्रेसको थाप्लोमा । लम्पसारबादको छदम्भेस मुखुण्डो उदाङ्ग पार्नु जरुरी  छ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार