• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

रक्सौलको क्वारेन्टाइनमा अलपत्र परेका नागरिकलाई सम्बन्धित जिल्ला पठाउने तयारी

राहुल गुप्ता, बीरगञ्ज ।  भारतमा अलपत्र परेका ३ सय बढी नेपाली नगरिक  रक्सौल नाकाबाट नेपाल भित्रीएका छन। ३ सय ७५ जना नेपालीहरुलाई बीरगञ्ज रक्सौल नाकाबाट नेपाल लयाएको पर्साका साहयक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिएका छन ।

 

पर्सा र काठमाडौं बाहेक जिल्लाका नागरिकलाई सम्बन्धित जिल्लामा नै पठाउने तयारी भइसकेको उनको भनाई छ । पर्सा र काठमाडौंका नागरिकलाई भने वीरगञ्जका विभिन्न स्थलमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिने बस्नेतले जानकारी दिएका छन ।

 

रक्सौलको क्वारेन्टाइनमा अलपत्र परेका नेपालीहरुलाई नेपाल भित्र्याउने पटक पटकको प्रयास बल्ल सफल भएको उनले बताए। केहीदिन अघि सोही नाकाबाट भारतीय नागरिकहरुलाई पनि पठाईएको थियो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार