• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने ?

काठमाडौं । संविधान संशोधनको प्रस्ताव प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका कारण अलमलमा परेको भन्दै सत्तारुढ दलका नेताहरुबाटै आरोप हुन थालेपछि कांग्रेसले त्यो आरोप झुट भएको भन्दै आपत्ती जनाएको छ ।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल मार्फत कांग्रेस संविधान संशोधनको पक्षमा रहेको भन्दै आरोपको खण्डन गरेका हुन् ।  शर्माले ट्विट गर्दै  प्रश्न गरेका छन्, 'प्रस्ताव ल्याउँदा कांग्रेस नचाहिने फिर्ता गर्दा दोष लगाउने को गर्दैछ' ।

 

प्रक्रिया सुचारु गर्नोस् । के.स.को बैठक बसेर संस्थागत निर्णय साथ नयाँ नक्सा र संशोधनको पक्षमा उभिने जानकारी सर्वदलीय बैठकमै दिइसकेका छौं । यसमा हामी चट्टानी रुपले दृढ छौं र रहन्छौं,” प्रवक्ता शर्माले ट्विटरमा लेखेका छन् ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार