• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना,सर्तक रहन महाशाखाकोआग्रह

काठमाडौं । प्रिमनसुनको प्रभावका कारण आगामी तीन दिन काठमाडौं उपत्यकासहित देशकाअधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ ।

 

प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । 

 

अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । आगामी तीन दिन अपराह्न तथा साँझपख मौसम बदली भई वर्षा हुने उनको भनाई छ ।

 

 आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि रहेको मौसमविद्ध प्रधानाङ्गको भनाइ छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार