• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
स्वास्थ्य

बाग्लुङका ६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा ।  बाग्लुङका थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

 गण्डकी अस्पताल पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी दिएका छन ।उनीहरुलाई सदरमुकाम स्थित सरकारी अस्पतालमा ल्याउने तयारी भैरहेको छ ।

 

बाग्लुङ वाढीगाड गाउँपालिकाका १९ र २० बर्षीय पुरुष तथा तमनखोला गाउँपालिकाका २१,२७,२७ र २१ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । उनीहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा थिए ।

 

यस अघि पनि बाग्लुङकै २ जनामा कोरोना संक्रमण भएको थियो । उनीहरु निको भएर घर फर्किइसकेका छन ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार