• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

पत्रकार आचार्य र सिवाकोटीलाई लोकतन्त्र पत्रकारिता पुरस्कार

काठमाडौ।  पत्रकार निर्मला आचार्य र अजयबाबु सिवाकोटीलाई यस बर्षको लोकतन्त्र र पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ ।


 
 तत्कालिन सभामुख कृष्णबहादुर महरा र तत्कालिन सञ्चार मन्त्री गोकुल बास्कोटाकोे प्रकरण सार्वजनिक गरेका पत्रकार अजयबाबु सिवाकोटीलाई पुरस्कार प्रदान गरिने भएको छ ।

 

तेज तिर्थ ट्रष्टलेले हाम्रा कुरा डटकमका प्रधानसम्पादक र नेपाल प्रेस युनियनका महासचिव समेत रहेका सिवाकोटीलाई यो पुरस्कार दिने निर्णय गरेको हो ।

एक लाख राशीको यो पुरस्कार सिवाकोटीसँगै  बरिष्ठ पत्रकार निर्मला आचार्यलाई पनि प्रदान गर्न  ट्रष्टले जनाएको छ । 

 

 दुवै जनालाई जनही पचास हजार रुपैया र प्रमाणपत्र प्रदान गरिने छनौट समितिका सदस्य तथा पत्रकार जगत नेपालले जानकारी दिएका छन ।

 

वरिष्ठ पत्रकार आचार्य राष्ट्रिय समाचार समिति (रासस)को तत्कालिन पहिलो महिला महाप्रवन्धक समेत हुनुहुन्छ भने सिवाकोटीले बहुचर्चित समाचारहरुका कारण साहसीक पत्रकारिता पुरस्कार, काननुन पत्रकारिता पुरस्कारलगायतबाट सम्मानीत भइसकेका छन ।


पूर्व स्वास्थ्य राज्यमन्त्री तिर्थराम डंगोलले आफ्नो अंशको सम्पक्ति विक्रि गरेर ट्रष्टका नाममा एक करोड रुपैया राशीको कोष स्थापना भएको हो। 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार