• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
मनोरञ्जन

'दलित' शब्द खारेज गरियोस : गायक शिव परियार

काठमाडौं। जाजरकोट घटनाको राष्ट्रव्यापी बिरोध भईरहेको बेला कलाकर्मीहरुले पनि यसको खुलेर बिरोध गरेका छन् । उनीहरुले चाडो भन्दा चाडो दोषीलाई कारवाही गर्न माग गरेका छन्।  

 

गायक शिव परियारले पनि यसको बिरोध जनाएको छन् । उनले आफनो फेसवुक मार्फत यस घटना प्रति यस्तो अभिव्यक्ति दर्शाएका छन् । 

 

गायक शिव परियारले लेखेको यो स्टाटस ::
जब सम्बोधन शब्द नै निच शब्द छ तब समानता कसरी सम्भव हुन्छ ? जातिय उत्पिडनमा परेका वर्गहरुको सम्बोधनमा प्रयोग गरिने 'दलित' शब्द खारेज गरियोस । यो शब्दको उच्चारण र प्रयोगले पनि मान्छे मान्छे बिचमा बिभेद बढाउन मद्दत गरेको महसुस भएको छ ।

 

दलित सम्बोधनको साटो समग्र जातीय उत्पिडनमा परेका नेपालीहरुको सम्बन्धमा सम्मानजनक शब्दको ब्यवस्था गरियोस । उत्पिडनमा परेका वर्गहरुको शैक्षिक र सामाजिक अवस्था सुधारोन्मुख परिवर्तनका लागि नेपाल सरकारले उल्लेखनीय भुमिका खेलोस ।

 

नेपाल सरकार र सम्पुर्ण उत्पिडित वर्गको समानताको लागि आवाज उठाउने निकाय, संस्था ,अभियान कर्ता र ब्यक्तिहरुमा म लगायत सबैको सादर अनुरोध । 

 

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार