• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

'लकडाउनले कामहरु डामाडोल भए'

कसरी बित्दै छ लकडाउन ?
लकडाउनमा बिहान बेलुका व्यायाम गर्यो, आजाजको अभ्यास गर्यो, चलचिहरु हेर्छु र त्यसबाट आफुलाई केही मिल्ने कुरा भेटियो भने त्यसमा रिसर्च गर्छु ।  

 

लकडाउनले काम कत्तिको प्रभावित भएको छ ?
लकडाउनले कामहरुलाई धेरै नै प्रभावित बनाएको छ ।  केहि चलचित्र, म्यूजिक भिडियो, फोटोसुटको कामहरु हुँदै थिए तर लकडाउनले सबै डामाडोल बनायो । 

 

किताव पढ्ने चलचित्र हेर्ने केही ?
अहिले म बिजय मिश्राको बलिउड सिनेमा र नाईन मुड्स अफ एक्टिङ पढिरहेको छु । मलाई किताबमा भन्दा पनि चलचित्रमा धेरै रुची छ । चलचित्र धेरै नै हेरिरहेको छु। 

समय तालिकामा के फेरबदल पाउनुभयो ?
लकडाउन अघि धेरै सुटिंङमा नै व्यस्त भईन्थ्यो भने अहिले ठिक उल्टो भएको छ। अहिले घरमै बस्ने काम भएको छ। यसलाई हामीलाई केही अल्छी पनि बनाएको छ।अहिले रुटिनमा काम गर्ने बानी बिग्रेको छ । साथै व्यस्थताले पहिला परिवारसँग समय बिताउन पाईदैन थियो तर अहिले धेरै पुरै समय परिवार कै लागी भएको छ । 

 

यो समयमा सबैभन्दा धेरै के मिस गर्नुभयो ?
प्राय सुटिङ मै हुने भएकोले काम गर्न नपाएकोले कामलाई नै मिस गरिरहेको छु । म धेरै घुम्न रचाउने हुनाले मान्छेहरूको भीड,गाडिको आवाज-जाम, धुवाँ-धुलोलाई धेरै मिस गर्छु ।

 

लकडाउनमा रहँदाको रमाइलो कुरा ?
लकडाउनको रमाईलो कुरा त परिवार संग धेरै समय बिताउन पाउनु नै हो । यो सँगै  सबैकुरा सफा, धुवाँ धुलो पनि कही नुहने । अहिले चलचित्र र अभिनयको बारेमा धेरै भन्दा धेरै रिसर्च गर्न पाएको छु । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार