• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

गल्ती गर्दै क्षमा माग्दै (माफी पत्र सहित)

काठमाडौं । नायिका वर्षा राउतको अभिव्यक्तिले सामाजिक संजाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक संजालबाट स्पष्टिकरण दिदै क्षमा मागेकी छिन् ।उनले, यस्तो समयमा केही भड्काउ व्यक्तिहरुले आक्रमण गर्न सक्ने भन्दै सचेत पनि गराएकी छिन् ।

 

वर्षाले भनेकी छिन्, ‘दुई देशको अन्तरदेशीय सम्बन्ध विगार्न भड्काउ तत्वहरु लागेका छन् । जुन कुरा भारतीय मिडियाले उचालेका केही शब्दहरुबाट पनि देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’

 

आफूले बोलो केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला भन्दै लेखेकी छिन, 'मैले बोलको शब्दहरुको टेढिएर अर्थ लागे होलान् । यस्तो परिस्थिती खडा भएकोमा म क्षमाप्रार्थी छु । अब, आइन्दा यसरी बोल्दा पक्कै पनि हेक्का राख्नेछु । जय नेपाल जय नेपाली ।’

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार