• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

नायिका वर्षालाई भारतीय साथीहरुको चिन्ता, चर्चा कमाउने जुक्ति

 काठमाडौं । नेपाल र भारत बिच सिमा बिवाद चर्किरहेको बेला नायिका वर्षा राउतको एक भिडियो क्लीपले अहिले सामाजिक सञ्जालमा तहल्का पिटिरहेको छ । 

 

सो भिडियोमा नायिका राउतले  ‘देशको माया लाग्छ भन्दैमा यो हाम्रै हो तिमीहरुले किन यस्तो गरेको भनेर झगडा गर्ने कुरा होइन । यो त टेबल टक गरेर यताको सरकार र उताको सरकार मिलेर गर्ने कुरा हो ।

 

यहाँ त दुवैतर्फका पत्रकारहरु मिलेर झगडा पारिरहेका छन् । मेरो इन्डियन साथीहरुसँग मैले कसरी फेस गर्ने र मेरो इन्डियन साथीहरुले म सित कसरी फेस गर्ने भइरहेको छ’, भनेकी छिन् । 

 

अहिले उनले दिएको यो अभिव्यक्तिका  सामाजिक सञ्जालमा निकै विरोध भइरहेको छ । उनको धेरैले आलेचना गरिरहेका छन् । २५ वर्ष बलिउडमा बिताएकी मनिषा कोइरालालाई आफ्ना प्रशंसक, साथीभाइको चिन्ता नहुने तर नेपाली नायिकालाई भारतीय साथीहरुको चिन्ता हुने भन्दै वर्षामाथि सामाजिक सञ्जाल प्रयोगकर्ता खनिएका छन् ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार