• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
डबली

यो नेपाल बनाउने

यो नेपाल बनाउने विषयमा खै योजना सुन्दर ?
गर्ने पौरख खेत खै र सबको बस्ने सुनौलो घर 
काँही भो दरवार भव्य सुनको छैनन् कतै छप्पर
फेरिन्छन् हरवार शासक यहाँ फेरिन्न खै खप्पर ।

 

भेट्टाई अधिकार भूमि धनको उन्मुक्त साह्रै बनी
पाउन् भन्न डटेर लोक सबले यो देश मेरो भनी
गर्दा पौरख स्वर्ग बन्छ धरती हो सिर्जनाले अनि
पाइन्छन् सब स्रोत साधन यहाँ खोजीगरे जे पनि ।

 

उर्जामा जलस्रोत जङ्गल ठुला खानी हिमालिचुली
नेपालीकन सौरभी परकृति हो यो हैन रे मामुली
बाह्रै मास वसन्त बस्छ सहसा  लाएर फेरो डुली
झल्केको विशाल विश्वशिर औ मैदान बेसी फुली।

 

जोगाऊँ सब स्रोत प्राकृत यहाँ पारेर उम्दा झन
पारौँ वैभव यो प्रवर्धन अझै  छोडौँ कडा दोहन
प्राणी उत्तम जन्मिए प्रकृतिमै झाँगिन्छ हो जीवन
गर्दा खास प्रयोग सञ्चय गरी त्यो हुन्छ सम्वर्धन।

 

माटो हो अनमोलरत्न जगको ऐश्वर्यभन्दा झन
गर्नै पर्दछ आत्मसात् सहिकुरा पारेर ठण्डा मन
यो नेपाल हराभरा दिन दिनै पार्दै दिगो नन्दन
टीका लाउन थाल्नुपर्छ सबले माटो गरी चन्दन।

 

गर्दामा कृषि नै छ उत्तम सदा सर्वत्र नेपालमा
नाफाको व्यवशाय उर्वर हुने फुल्ने सदा कालमा
पालेमा पशु पन्छी बेश नगदे बाली लगाए यहाँ 
तर्कारी फलफूल या जडिबुटी हुन्छन् सबै ठाममा। 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार