• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
देश/प्रदेश

कोरोनाको कारण मृत्यु भएका ४१ वर्षीय पुरुषको शव जंगलमा गाडियो

बुटवल । कोरोनाका कारण मृत्यु भएका गुल्मीका ४१ वर्षीय पुरुषको शव जंगलमा गाडिएको छ । 

 

रुपन्देहीको देवदह र तिलोत्तामाको विचमा रहेको जंगलमा शव गाडिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रवक्ता खड्ग वहादुर खत्रीले बताए ।

 

उनले निमार्ण व्यवसायीको शव वहानमा राखेर शव गाडिएको उनले बताए । बिहीवार नै उनको शव जलाएर व्यवस्थापन गर्ने भनिए पनि स्थानीयहरुको अवरोधपछि रोकिएको थियो ।

 

महामारीको समयमा शव व्यवस्थापन गर्न नदिंदा समाजमा गलत सन्देश जान्छ भनेर प्रहरीले ल्याएको कागजमा हस्ताक्षर गरिदिएको उनको पारिवारीक स्रोतले जनाएको छ ।


यता निधन भएका संक्रमित शिक्षकका कुरुवा र अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीहरु सबैको रिर्पोट नेगेटिभ आएको जनाइएको छ ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार