• शनिबार १-८-२०८१/Saturday 04-20-2024
देश/प्रदेश

घरेलु राजनीतिमा विमति भए पनि राष्ट्रीयताका सवालमा हामी सरकारसँगै छौँ : नेता पौडेल

राहुल गुप्ता, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले घरेलु राजनीतिमा हजारौँ विमती भएपनि राष्ट्रीयताको सवालमा आफू र आफ्नो पार्टी सधै सरकार र प्रधानमंन्त्रीको साथमा रहेको बताएका छन्।

 

  "घरेलु राजनीतिमा सरकार र प्रधानमंन्त्रीसँग हजारौँ विमति होलन् तर राष्ट्रीय स्वाधीनताको रक्षाको मामलामा हामी सरकारसँगै छौ। सरकारले डटेर अडान लिनैपर्छ, हामी साथी छौँ। केही भारतीय मिडियाको सनसनीपूर्ण शैली खेदजनक छ।" ट्विटरमा उनले लेखका छन्  ।

 

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका पौडेले सामाजिक संजाल टीटरमाफॅर आफ्नो प्रतिक्रिया दिदै राष्ट्रीय स्वाधीनताको रक्षाको लागि सरकारले डटेर अडान लिनु पर्ने पनि बताए।

 

 उनले राष्ट्रीय स्वाधीनताको रक्षाको लागि सधै सरकारको साथमा रहेको पनि उल्लेख गरेका छन। केही भारतीय मिडियाले नेपालले सार्वजनिक गरेको नयाँ नक्साको बिषयलाई लिएर सनसनीपूर्ण शैली देखिएको भन्दै उनले त्यसप्रति खेद प्रकट गरेका छन्।

 

 साथै उनले भारतीय मिडियाले पत्रकारिता सिक्नै बाँकी रहेको  पनि उल्लेख गरका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार