• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

थप २० जनामा कोरोना संक्रमण,संक्रमित संख्या ५ सय ७ 

काठमाडौं । कोरोना भाइरसका २० संक्रमित थपिएका छन् । आज थपिएका कोरोना संक्रमितमा पाँच जना सुदूरपश्‍चिमका रहेका छन् ।

 

शुक्रबार स्वास्थ्य मन्त्रालयको प्रेस ब्रिफिङमा डडेल्धुरा, मोरङ, बैतडीका एक-एक जना पुरूष र कैलालीका तीनजना  र बाँकेका १४ जना पुरूषमा संक्रमण देखिएको प्रवक्ता विकास देवकोटाले जानकारी दिएका हुन्।

 

कैलाली जानकी गाउँपालिकाका १९,२३ र २६ वर्षीय पुरूष,डडेल्धुराका २८ वर्षीय पुरूष, बैतडीका शिवनाथ-१ का २२ वर्षीय पुरूष र बाँकेका १८ देखि ६१ वर्षका पुरूषमा सक्रमण देखिएको  स्वास्थ्य मन्त्रालयले जनाएको छ। मोरङ रतुवामाई( २ का ४१ वर्षीय पुरूषमा संक्रमण देखिएको हो।   

 

यसअघि शुक्रबार बिहान ३० जनामा कोरोना संक्रमण देखिएको थियो भने यो संगै संक्रमितको संख्या ५०७ पुगेको छ । आजसम्म ७० जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार