• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
स्वास्थ्य

नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण पुष्टि, संक्रमितको संख्या ४८७

काठमाडौं । शुक्रबार बिहान ३० जना कोरोना संक्रमित थपिएका छन् । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो । यो संगै नेपालमा संक्रमितको संख्या ४८७ पुगेको छ । 

 

राष्ट्रिय जनस्वाथ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले जनाएका छन् । 

 

शुक्रबार थपिएका संक्रमितहरूमा ८ वर्षीया बालिकादेखि ७४ वर्षीय वृद्धसम्म छन्। चितवनको भरतपुर महानगरपालिका-६ का  ७४ वर्षीय पुरूष र ७३ वर्षीया महिला कोरोनाको संक्रमण पुष्टि भएको छ।

 

अन्य संक्रमितहरूमध्ये कपिलवस्तुका ९, नवलपरासी सुस्ताका ३ र नवलपरासी सुस्तापूर्वका एकजना छन्। उनीहरू सबैको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र भरतपुर अस्पतालमा परीक्षण गरिएको हो। कोरोना संक्रमणबाट अहिेलेसम्म तीन जनाको मृत्यु भएको छ।आजै बाँकेका पहिलो कोरोना संक्रमित सहित २१ जना निको भएका छन्। 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार