• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

स्टारडम जोगाउन के गर्दैछन बलिउड कलाकार ?

लकडाउन -२०

काठमाडौं । लकडाउनको बेला अन्य सबै क्षेत्र जस्तै फिल्म उधोग पनि नराम्रोसँग प्रभावित भएको छ । यसमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आश्रित लाखौं मानिस कामबिहीन भएका छन। दैनिक ज्यालादारी काम गर्ने प्राविधिक एवं अन्य मजदुरहरुको स्थीति नाजुक भएको छ भने सामान्य कलाकार एवं निर्देशकको अवस्था पनि सहज छैन। आर्थिक रुपमा कमजोर एवं काम विहिन हुँदा उनीहरु मानसिक रुपमा पनि कमजोर हुने अवस्था छ । 


यसैबीच स्टार कलाकार र फिल्मकर्मी आर्थिक रुपमा अफ्ठ्यारोमा परेका छैनन् । उनीहरुसँग लामो समयसम्म पुग्ने प्रसस्त खानेकुरा, पैसा र सुविधा सम्पन्न आवास छ । कामको लागि संघर्ष र सफलता पछि निरन्तर कामको कारण उनीहरुले आफ्नो परिवारसँग समय बिताउन पाएका थिएनन् । यो बिचमा आरामले घरमा समय बिताउन पनि पाएका थिएनन् । आफैले आफ्नो लागि समय दिन नपाएका यस्ता व्यस्त स्टारकलाकारलाई लकडाउनले राहत दिए जस्तो भान हुन्छ । 


तर लकडाउनले यस दौरानमा दुई महिनाभन्दा बढी समय यी स्टारलाई घरमा नै बन्द गरिदिँदा उनीहरु पनि प्रभावित भएका छन् । उनीहरुको तागत भनेको दर्शक र उनीहरुको फ्यान नै हुन् । यो क्रममा उनीहरुले आफ्नो दर्शकलाई मनोरञ्जनका खुराक स्वरूप फिल्म दिन सकेका छैनन । फिल्मबाट टाढा हुँदा आफ्नो स्टारडम सकिने भन्ने डर पैदा भएको छ। केहि समय ओझेल परे दर्शकले चट्टै बिर्सन सक्ने हुँदा उनीहरु दर्शक तथा फ्यानसँग नजिक हुने अनेक उपाय खोजीरहेछन । लकडाउनको समयमा खासगरी सामाजिक संजाल प्रयोग गरि स्टार कलाकारले आफुलाई दर्शकसँगको दुरी कम गर्ने बिभिन्न कार्य गरिरहेका छन । 


घर सरसफाई 
फुर्सदको समयमा कलाकारहरु आफ्नो घरको सरसफाईमा व्यस्त देखिन्छन। उनीहरुले बेलाबेलामा घरमा काम गर्दाको गतिविधि सामाजिक संजालमा राखिरहेका हुन्छन। दर्शकलाई पनि उनीहरका मन पर्दो कलाकार कसरी घरमा बसेका छन वा के गर्छन भन्ने चासो हुनेगर्छ । यस अर्थ दर्शक र कलाकार जोडिने हुँदा नायिका हिना खानले आफ्ना दर्शकलाई दैनिक रुपमा कोरोनाले कसरी भारतलाई असर गरेको छ भन्ने जानकारी दिएकी हुन्छिन। त्यस्तै उनले आफुले घरको सरसफाई गरेको दृश्य सामाग्रीहरु सामाजिक संजालमा राखेकी छन। नायक बिक्की कौशलले घरको सिलिंङमा हुने पंखा सफा गरेको दृश्यलाई सामाजिक संजालमा राख्दा त्यो धेरै भाइरल भएको थियो । यस क्रममा धेरै नायिकाहरुले आफ्नो कपडा र दराजहरु सफा गरिरहेका तस्वीर सामाजिक सञ्जालमा देखाइरहेका हुन्छन् । 


नायिका कृति सनोन मुम्बईमा आफ्नो परिवारसँग रमाएरहेकी छिन । आफ्नो बहिनी र आमाको सहयोगमा उनले कपडा र दराज सफा गरेको तस्वीर र भिडियो राखेकी छन । त्यस्तै नायिका दीपिका पादुकोणलाई यो फुर्सदको समयमा आफ्नो कपडा र दराज मिलाउने वा सफा गर्ने फुर्सद मिलेको छ । उनको यो कार्य गरिरहँदाको तस्बिर र भिडियोले सामाजिक सञ्जालमा दर्शकलाई रमाइलो दिने काम भएको छ । 


बगैंचाको काम
ड्रिम गर्लको नामले चर्चित सुन्दर नायिका हेमा मालिनी अहिले फुर्सदको समयमा फुलका बिरुवा र प्रकृतिसँग बिताईरहेकी छन । उनले आफ्नो बगैंचामा बिरुवालाई पानी राख्ने, बिरुवा गोड्ने जस्तो कार्य गरि आफुलाई व्यस्त राख्ने कोशिस गरिरहेकी छन । यो सबै कार्य उनले रेकर्ड गरि सामाजिक सञ्जालमा राखेकी छन जसकारण उनी आफ्ना दर्शकसँग जोडिने पाएकी छन । 


त्यस्तै अर्की नायिका जुही चावला पनि घरमा नै अर्गानिक किसान बनेकी छन । उनले घरमा बिभिन्न तरकारी उत्पादन गर्ने र त्यहि पकाउने गरेको उनको सामाजिक सञ्जालमा देख्न सकिन्छ । उनले ‘नयाँ काम’ भन्दै सामाजिक सञ्जालमा राखेको गोलभेडा, धनियाँ र अन्य तरकारी राख्दा दर्शकसँग जोडिने मौका मिलेको छ । त्यस्तै सैफअलि खान र उनको छोरा तैमुर खान पनि सामजिक सञ्जालमा अहिले धेरै देखिन थालेका छन् । उनीहरुले बारीमा काम गरेको वा बगैचामा फुल रोप्दै गरेको तस्वीरलाई धेरैले मन पराइएका छन् । नायिका शिल्पा शेट्टी पनि लगातार सामाजिक सञ्जालमा व्यस्त रहने गर्छिन । उनले आफ्नो छोरासँग तरकारी टिपेको दृश्य आफ्नो फ्यानको लागि राखेकी छिन् । 


सिर्जनात्मक कार्य  
कलाकार अनुपम खेर आफ्ना दर्शकसँग जोडिन अलि फरक तरिका अप्नाएका छन । उनले आफै कविता गजल लेखिरहेका छन र त्यसलाई रेकर्ड गरेको भिडियो आफ्नो सामाजिक सञ्जालमा राखेको छन् । त्यस्तै अर्का उत्कृष्ट कलाकार मनोज बाजपेयी आफुले लेखेको कविता मार्फत दर्शकसँग जोडिएका हुन्छन् । सामाजिक सञ्जालमा उनले दैनिक आफ्ना कविता पोस्ट गरिरहेका हुन्छन ।


नायक सैफअलि खान, नायिका माधुरी दीक्षित लगायत अन्य कलाकार आफुले पढेको किताबको फोटो सामाजिक सञ्जालमा पोस्ट गरिरहेका छन् ।अहिले यो लकडाउनमा कलाकार ऋतिक रोशन आफ्नो दुई छोरा र पुर्व श्रीमतीसँग सँगै छन । यो समयमा उनी पीयानो बजाउन सिकिरहेका छन । 


नायिका दीपिका पादुकोण पनि केहि समय देखि घरमा नै पीयानो सिकिरहेकी छन । उनीहरु दुवै जनाले पीयानो बजाउँदाको फोटो र भिडियो आफ्नो फ्यानहरुका लागी सामाजिक सञ्जाल राखेका छन् । नायक नायक तथा गायक आयुष्मान खुराना यो लकडाउनको समय आफ्नो मिठो आवाजमा कविता सुनाउने, गीतार बजाउने र गीत सुनाउने काममा व्यस्त छन् । यसबाट सामाजिक संञ्जाल मार्फत उनले आफ्ना फ्यानलाई निरन्तर मनोरञ्जन दिइरहेका छन । 


पाककला 
भट्ट परिवारको पछिल्लो पुस्ताकी सफल नायिका २७ बर्षीय आलिया भट्टले खाना पकाएको फोटो र भिडियो सामाजिक सञ्जालमा राखेर आफ्ना दर्शकलाई आफूतिर आकर्षित गर्ने काम गरेकी छन । उनले बनाएको ‘बनाना ब्रेड’ (केरा रोटी) को पोस्ट धेरैले मन पराएका थिए । यस्तै नायिका दीपिका पादुकोणले सामाजिक सञ्जाललाई मानसिक स्वास्थ्यबारे चेतना दिन प्रयोग गर्नुको साथै थरीथरीका खाना बनाएर दर्शकलाई चकित बनाएकी छन । श्रीमान रणवीर सिंहसँग लकडाउनमा सँगै रहेकी दीपिकाले थाई सलाद र हरियो सब्झी बनाएको पोस्ट धेरैको माझ पुगेको थियो ।  


नायिका कट्रिना कैफ पनि घरको सरसफाई र खाना पकाएको फोटो र भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहेकी हुन्छिन । यसरी उनी निरन्तर आफ्ना दर्शकहरुसंग जोडिन्छिन। यस क्रममा अन्य नायिका जस्तै प्रिती जिन्टा, श्रुती हसन, मलाइका अरोरा, कृति सोनान लगाएतले बिभिन्न परिकार बनाएको फोटो र भिडियो सामाजिक सञ्जालमा राख्दै सबैलाई घरमा नै बस्न अनुरोध गरेका छन । 


यस कार्यमा पुरुष कलाकार पनि कम छैनन् । पन्जाबी कलाकार एवं गायक दिलजीत दोसाझ सामाजिक सञ्जाल मार्फत आफ्ना दर्शकलाई बिभिन्न थरीका खाना पकाएर देखाउने गरेका छन । उनका यस्ता भिडियोलाई धेरै दर्शकले रुचाएका पनि छन् ।


व्यायम र योग 
यो समयमा बलिउड नायक बिधुत जामवाल र टाइगर श्राफ आफ्नो फिटनेशमा व्यस्त छन् । उनीहरु प्राय एक्शन र थ्रीलर फिल्ममा काम गर्ने हुँदा युवा पुस्तामा उनीहरुको फ्यान धेरैै छन । तीनै फ्यानसँग जोडिन यी दुवै कलाकारले आफ्ना फ्यानलाई कसरी फिट रहन सकिन्छ भनी तालिम दिईरहेका छन । उनीहरुले घरमा मै बसी कसरी आफुलाई तन्दुरुस्त राख्ने भन्ने भरभुर टिप्स सामाजिक सञ्जाल मार्फत दिएका छन् ।


नायक सलमान खान आफ्नो बहिनीको परिवार, नायिका ज्याक्लिन फर्नान्डेज मुम्बई शहरबाट टाढा फार्म हाउसमा आराम गरिरहेका छन । उनले यो बिचमा फार्म हाउसमा एउटा गीत र त्यसको भिडियो पनि बनाएका छन् । उनले फिल्म ‘राधे’ को लागि आफ्नो शरीर तन्दुरुस्त राख्न नियमित व्यायाम गरिरहेका छन । 


त्यस्तै बिभिन्न कलाकारले आफुले व्यायम वा योग गर्दै गर्दाको तस्वीर वा भिडियो सामाजिक सञ्जालमा राखी आम सर्वसाधारणलाई लकडाउनमा घर मै बसी स्वास्थ्यको ख्याल गर्न अनुरोघ गरेका छन । यसरी उनीहरुले आफ्ना दर्शक र फ्यानसँग जोडिने क्रमलाई अगाडी बढाईरहेका छन् । 


अन्त्यमा 
स्टार कलाकारहरुको स्टारडम नापन गर्ने अहिलेको सजिलो माध्यम भनेको उनीहरुको सामाजिक सञ्जालमा कति फ्लोहर्स छन भन्ने कुरा हो । यस क्रममा उनीहरुले आफ्नो सामाजिक सञ्जाललाइ आकर्षक  र व्यस्त राख्न हरेक किसिमका गतिविधि वा प्रयास गर्ने गर्छन । दर्शक एवं फ्यान पनि स्टार कलाकारको बारेमा बुझ्न र चिन्न कोशिस गरिरहेका हुन्छन । लकडाउनको फुर्सदमा सबैलाई प्रसस्त समय मिलेको छ । 


संयोजन/अनुवाद : नारायण न्यौपाने 

 

र, यो पनि...
लकडाउन १९


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार