• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
मनोरञ्जन

लकडाउनमा घरमै कपाल काट्न व्यस्त बलिउड कलाकार

मुम्बई । लकडाउनको कारण बलिउडमा धरै कलाकार तथा बिशिष्ट व्यक्तिहरु आम मानिसहरुको जस्तै जीवन बाँचिरहेका छन । लकडाउन अघि उनीहरु आफ्नो आसपास सुरक्षाकर्मी, सहयोगी, म्यानेजर आदि लिएर हिड्ने गर्थे ।

 

घरमा खाना पकाउने, सरसफाई गर्ने, लगायत अन्य काम गर्ने मानिसहरु हुने गर्थे । तर लकडाउनपछि उनीहरु यो सुबिधाबाट बिमुखा भएका छन जसकारण उनीहरु आफ्नो काम आफै गरिरहेका छन । 

 

दुई महिनादेखि लकडाउन हुँदा कपाल काट्ने सुबिधा सम्पन्न पार्लर जान नपाएको हुँदा कलाकारहरु घरमा नै कपाल काट्न व्यस्त देखिन्छन । आलिया भट्टले सबैलाई चकित पार्ने एउटा फोटो सामाजिक संजालमा राखेकी छन । व्यायाम सकिएपछिको सेल्फी फोटो राख्दै उनले भनिन, '६० दिन भयो – अझ बलियो र फिट भएको महसुस भएको छ । म अझ धेरै राम्रो स्किप र पुसअप गर्नसक्छु । हो मैले कपाल घरमा नै काटेकी छु, धन्यवाद बहुमुखी प्रतिभाका धनी मेरा  प्रियजन जसले मेरो कपाल काटिदिए ।' 

 

त्यस्तै हाउसफुल ४ मा अक्षय कुमारसँग काम गरेकी नायिका पूजा हेगड़ेले पनि घरमा नै कपालको नया लुक्स दिएकी छन । उनले इंस्टाग्राममा आफ्नो फोटो राख्दै भनेकी छिन् कि, 'यो क्वारेन्टाइनमा सबै पुरानो कुरा छुटिरहेको छ । अब नयाँ स्टाइलको कपाल सुरु भयो ।' 

 

त्यस्तै नायिका राधिका आप्टे अहिले लन्डनमा आफ्नो श्रीमानसँग क्वारेन्टाइनमा छिन । लकडाउनको समय उनले नयाँशैली दिएकी छन, आफ्नो  कपाललाई । लन्डनको एक पार्कमा बसेको फोटोमा उनको छोटो कपाल देख्न सकिन्छ ।


कलाकार पत्रलेखा आफ्नो व्वायफ्रेन्ड नायक राजकुमार रावसँग सगै छिन । लकडाउनको बेला उनको लागी राव नै उनको हेयर स्टाइलिस्ट बनेका छन । पत्रलेखाले इंस्टाग्राममा एक टाइम लैप्स भिडियो राख्दै भनेकी छन, 'जहाँ चाहना, त्यहाँ उपाय'। यो भिडियोमा राजकुमार राव आफ्नो गलफ्रेन्डको कपाल काटिरहेको देख्न सकिन्छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार