• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
खेलकुद

युवराज कोच बन्न खोज्दा, गम्भीरको असहमती

मुम्बई । भारतीय राष्ट्रिय क्रिकेटका अलराउन्डर युवराज सिंह अहिले टिम इन्डियाको युवा खेलाडीको कोच बन्ने इच्छा देखाएका छन । खासगरी वान-डे र टी-२० मा सफल मानिने यी खेलाडी बिश्वकप बिजेता पनि हुन ।

 

उनले युवा खेलाडीलाई मानसिक अवस्थाबारे तालिम दिने र त्यसकारण मैदानमा उनीहरुको अझ राम्रो प्रदर्शन हुने बिश्वास गरेका छन । उनले स्पस्टसँग त्यो काम आफुले गर्नसक्ने पनि बताएका छन । उनले भनेका छन् कि, 'मलाई वान-डे र टी-२० खेलको प्रकृति राम्रोसँग थाहा छ । त्यसकारण म नम्बर ४, ५ वा ६ मा कुन मानसिकताका साथ खेल्नुपर्छ भन्ने मेरो अनुभव साट्न सक्छु।' 

 

तर पुर्व बल्लेबाज गौतम गम्भीरले भने युवराजको प्रस्ताव र तर्कबारे असहमत जनाएका छन । उनका अनुसार व्यटिङ कोच बन्न अन्तर्राष्ट्रिय खेलको अनुभव आवश्यक्ता छैन किनभने कोचको काम खेलाडीलाई सकारात्मक मानसिकताका साथ खेल्न लगाउने हो ।


गम्भीरले भने, 'बरु छनोट टोलीमा खेलको अनुभव भएको मान्छे गएको राम्रो । तर कोच बन्न खेलको अनुभव भएको मान्छे जान जरुरी छैन । कोचले सिकाउने होइन कि कसरी व्यटिङ गर्ने भनेर ।' 

 

यी दुवैजना सक्रिय खेल जीवनबाट अवकास पाईसकेका खेलाडी हुन ।  गम्भीर दिल्लीबाट चुनावमा हारेका थिए र पुन : खेल कार्यक्रममा बिज्ञको रुपमा देखिने गर्छन । एजेन्सी 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार