• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
राजनीति

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू-भाग हो, यसमा अनावश्यक प्रश्न नगरौं : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन्। 

 

नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्सा जारी गरेपछि मुनीले नेपालले एकपक्षीय रुपमा नयाँ नक्सा जारी गरेको टिप्पणी गरेसँगै थापाले मुनीलाई जवाफ फर्काएका हुन । 

 

मुनीको ट्विटमा जवाफ दिँदै थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो र यस सम्बन्धमा नेपाल सरकारले चालेको कदममा दृढ रुपमा उभिएको स्पष्ट पारेका छन्। 

 

मुनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय भाइरस भनेर गरेको टिप्पणीमा भने थापाले पनि प्रधानमन्त्री ओलीको यस सम्बन्धको अभिव्यक्तिलाई अवैज्ञानिक र आफूहरु पनि असहमत रहेको बताएका छन् ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार