लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भू-भाग हो, यसमा अनावश्यक प्रश्न नगरौं : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद गगन कुमार थापाले भारतीय प्राध्यापक डा. सुकदेव मुनीलाई नेपालको निर्णय क्षमतामाथि अनावश्यक प्रश्न नगर्न चेतावनी दिएका छन्।
नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहित नयाँ नक्सा जारी गरेपछि मुनीले नेपालले एकपक्षीय रुपमा नयाँ नक्सा जारी गरेको टिप्पणी गरेसँगै थापाले मुनीलाई जवाफ फर्काएका हुन ।
मुनीको ट्विटमा जवाफ दिँदै थापाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग हो र यस सम्बन्धमा नेपाल सरकारले चालेको कदममा दृढ रुपमा उभिएको स्पष्ट पारेका छन्।
मुनीले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय भाइरस भनेर गरेको टिप्पणीमा भने थापाले पनि प्रधानमन्त्री ओलीको यस सम्बन्धको अभिव्यक्तिलाई अवैज्ञानिक र आफूहरु पनि असहमत रहेको बताएका छन् ।
सम्बन्धित समाचार
प्रतिकृया दिनुहोस