• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
राजनीति

'धेरै बिषयमा सरकारसँग हाम्रो बिमत्ती होला तर सिमानाको बिषयमा हामीसंगै छौं'

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मिनेन्द्र रिजालले भारतीय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा चीनको दबाबमा नेपालले नयाँ नक्सा जारी गरेको भन्ने भारतीय पक्षको आरोपलाई ठाडो खण्डन गरिदिएका छन् ।

 

नेपालको सरकारले गलत कामहरु गरेकोमा विपक्षी पार्टीको पनि समर्थन छ भन्ने भारतीय संचार माध्यमको जवाफमा नेता रिजालले “हजारौ विषयमा सरकारसँग हाम्रो विमती छ तर सिमानाको विषयमा हामीसँगै छौँ” भन्ने जवाफ दिएका थिए ।

 

डा.रिजालले निडर  तवरले जवाफ दिएको भन्दै आज सामाजिक संजालमा उक्त टेलिभजन बहसको धेरै नै चर्चा चुलिएको छ । सामाजिक संजाल प्रयोकर्ताहरुले डा. ‘रिजालको जवाफलाई धेरै नेपालीले आफ्नै मनको जवाफ’ भनेका छन् ।

 

नेपालको सरकारले गलत कामहरु गरेकोमा विपक्षी पार्टीको पनि समर्थन छ र ? भन्ने प्रश्नमा नेता रिजालले धेरै विषयमा सरकारसँग हाम्रो विमती होला तर सिमानाको विषयमा हामीसँगै छौं’ भनेका थिए ।

 

डा.रिजालले बहसका क्रममा प्रस्तोतालाई पटक पटक गलत व्याख्या गरिएको र पुर्वाग्रही भएको भन्दै सच्चिन सुझाव दिए । देशको सिमानाका बारेमा सबै नेपाली एक ठाउँ रहेकाले कसैको उक्साहटमा लागेको भन्नु गलत भएको उनले जवाफ दिएका थिए ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले “भारतबाट आएको भाइरस बलियो परेछ” भनेर दिएको अभिव्यक्तिलाई भारतीय प्रस्तोताले पूर्वाग्रही अभिब्यक्ति भनेपछि डा. रिजाल कडा रुपमा प्रस्तुत भएका थिए ।

 

बहसका क्रममा प्रस्तोताले चिनिया कोरोना भाइरस ठिक र भारतीय कोरोना भाइरस बेठिक भनेर ओलीले भनेको कुरा निकाल्दा  डा रिजालले त्यसको प्रतिवाद गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार