• शुक्रबार १-७-२०८१/Friday 04-19-2024
विचार

बिधुवा र अपाङ्ग भत्ता काटे नागरिकले कर बहिष्कार गर्लान, होसियार सरकार !

काठमाडौं । सरकारले अशक्त अपाङ्गता भएका व्यक्ति एवं ६० वर्ष मुनिका असहाय एकल (बिधुवा) महिलाहरूलाई विगतमा दिँदै आएको सामाजिक सुरक्षा भत्ता अहिले बितरण गर्ने नसकिने भनेको छ ।नेपाली कांग्रेसले भत्ता कटौती गरिएकोमा आपत्ति जनाएका छ ।


नेपालको संविधानमा अशक्त, अपाङ्गगता भएका व्यक्ति र असहाय नेपाली नागरिकले सामाजिक सुरक्षाको हकबाट बञ्चित रहनुपर्ने छैन भन्ने प्रावधान छ ।  दिइँदै आएको सामाजिक सुरक्षा भत्तालाई कानून र नियम विपरित नदिने निर्णयप्रति अधिकारकर्मीहरले गम्भीर आपत्ति  व्यक्त गरेका छन ।

कोरोना महामारीको जटिल परिस्थतीमा अशक्त अपाङ्ग तथा असहाय एकल महिलाहरूको भत्ता रोकिनु भनेको अमानवीय कार्य भएको उनीहरुले ठहर गरेका छन । सरकारले गरेको गैर जिम्मेवारपूर्ण निर्णयलाई तत्काल खारेज गरी अविलम्ब सामाजिक सुरक्षा भत्ता वितरण गर्न नेपाली कांग्रेसलेजोडदार माग पनि गरेको छ ।

 

चुनावको समयमा अहिलेको सरकारले  घरघरमै भत्ता ल्याइदिने भनेर अभिव्यक्ति समेत दिएको थियो । तर अहिले कोरोना भाइरसको संक्रमण र लकडाउने अपाङ्गता र विधवाहरूमा थप समस्या भइरहेका बेला सरकाले  भत्ता काटिदिनु अमानविय भएको भन्दै उनीहरुले सरकारको यो कदमको बिरोध गरेका छन । जनप्रतिनिधीको भक्ता काटेर भए पनि उनीहरुलाई भत्ता थपेर दिनुपर्ने बेलामा सरकारले दिदै आएको भक्ता काटिदीनु दुखद हो । सरकारले भत्ता कटौती गरेको बारे  कांग्रेस नेतृ  रिता खनालको  यो अभिव्यक्ति :


कुनैपनि राज्य नागरिक र तिनको सुशानको परिकल्पनाको साकार रुप हो  ।  राष्ट्रको राज्य संचालन र पद्धतीमा जनताको सर्वेच्ताले स्थापित गर्नुपर्दछ  ।  जब नागरिकलाई केन्द्र बिन्दुमा नराखी जनताद्वारा जनताको लागि जनताको करले चल्नुपर्ने सरकार जनताप्रति गैरजिम्मेवार र ब्यबिचारी बन्दै जान्छ तब शासकहरु इतिहासमा आफू मात्रै कलन्कित हुँदैनन तीनले ठुलो बिनाशको खाडलमा आफुसँगै राष्ट्रकै भबिष्य कैयौं पुस्ताका लागि धसाइ दिन्छन  ।  स्थिरताको नाममा अस्थिरताको बिजारोपणसम्म गरिसकेको सुखी नेपाली र सम्बृद्द नेपालको नाममा जनता झुक्याएको वर्तमान सरकारको गती बिधीले त्यही कालो संकेत दिदैछ  । 

 

बिधवा र अपाङ्गको होइन राष्ट्रपति प्रधानमन्त्रीअति बिशिष्ट पुर्व बिशिष्ट र तीनै तहको सरकार र सांसदहरुको भत्ता सुबिधा कटौती गर  ।  अनावश्यक आयोगहरु भङ्ग गर ! प्रधानमन्त्री स्वरोजगार कोष खारेज गर ! भ्रष्टचार निर्मुल गर! समय अति संवेदनशील छ  । 

 

महाकाल र महाब्याधीको कहरमा बिवेकशील र नागरिकको हितकर बन१ परिस्थितिको गाम्भिर्यतालाई हल्का र उताउलो उखाने शैली प्रत्युत्पादक हुनेछ ! आग्रह र अनुनय बिनय र आशा र भरोसाको भाषा बिष्फोट हुनुपुर्व यो सरकारको चिर निन्दा खुलोस अन्यथा प्रकृत्ति प्रदत्त महाकाल महाब्याधीसंगै नागरिक बिद्रोहको ज्वारभाटा नउठोस  । 

 

बिबेक हिन र मानवीय संम्वेदना गुमेको ओली सरकारलाई रक्षक होइन भक्षक बन्यो भन्दै सर्वत्र नागरिकको घृणा बढदै गएको बेला अब चै बिधवा र अपाङ्गहरुको आँसु र सत्तासरापको रोदन र चीत्कारले खरानी बनाउने निश्चित छ  । 

 

देश लकडाउनमा छ  ।  सारा नेपाली घर भित्र थुनिएका छन  ।  हुँदा खाने,गरिखाने अतिविपन्न निमुखा असहाय र श्रमजीवीहरुको चुल्हो बल्न छोडिसक्यो  ।  दशकिलो चामल र दुईकिलो दाल राहत बितरण गरेर ८० करोड सकिएको उदघोष गर्ने प्रम र तिनका क्याबिनेटका महाबिज्ञ् अर्थमन्त्री कर बढाउने धम्की दिन्छन ! पति गुमाएकी बिधुवाको सेतो सारीमा कति तागत हुन्छ भन्ने त यो सरकार ले राम्ररी बुझेकै छ  ।   

 

बिधुवाको पहिचान मा सेतो सारिको राप ले २०५१ साल मा नेपाली कांग्रेस का तत्कालिन सभापति सन्त नेता किशुनजीलाई पराजित गरि उदयिमान एकल महिलाको राजनीतिक यात्रा आज देशकै सर्बोच्च शिखर महामहिम राष्ट्रपति पद सम्म पुगेको छ  ।  खोइ कस्तो दुर्भाग्य तिनै बिधवा तिनै एकलमहिला न निर्मला पन्त जस्ता छोरी बलत्कार र हत्या हुँदा केही बोल्छिन नत बिधुवा र अपाङ्गको भत्ता खोसिँदा बचाउको कुनै सिन्को भाचिन  ।  केवल सरकारको इस्ट्याम्प जस्तो भूमिकाले सायद सरकारको यो निर्णयमा हिजो एक बिधुवा राष्ट्रपति हुँदा दिपावली गरेका, त्यसै त्यसै उमंगित र पुलकित भएका ती बिधुवाहरुको अन्त : करण कति रोएको होला ? बिश्वासको कत्रो पहिरो गयो होला ?

 

तपाई राष्ट्रपति बन्दा मै भए महामहिम भनेर भित्र भित्र फुर्केका ती दिदिबहिनीहरुको तपाई प्रतिको असिम भरोषा र तीनको दिनहुँ हरपलको भोगाइको बेदनालाई चटक्कै भुल्नु र उल्टो यो महामारीको चपेटामा परेका असहाय अपाङ्ग र एकल महिलाको सुबिधा काटनेसम्मको महाअपराधमा साटिएको मौनता तपाई कै लागि अभिसाप हुनेछ महामहिम ज्यु ! हरेक निवार्चनमा कुनै कारण बस राजनीतिक पति गुम्यो भने उनको बिधुवा पत्नीलाई सेतो सारिमा जनताको बिचमा उतारेर जीतको परिणाम सधै हात पारेको नेकपाले यो विषम परिस्थितिमा सबैभन्दा बढी सहयोग सद्भाव प्रेम सहित विशेष राहत प्याकेज घोषणा गरेर अभिभावकीय भूमिका निर्बाह गर्नुपर्ने बिधुवा अपाङ्गहरुलाई राज्यका तर्फबाट दिएएको उनीहरुको संबैधानिक हकको प्रत्याभूति सामान्य नगन्य भत्ता कटाएर जुन निधार्रित कदम चालेको छ यसको मुल्य थेग्न सक्ने छैन ! 

 

सर्वहाराको दुहाइ दिएर सत्तासिन बनेको यो सरकार तीनै सर्वहारा बिपन्न र श्रमजीवी वर्गका प्रति गैर जिम्मेवार बनेर चौतर्फी आलोचना खेपिरहेको सरकार अब समाज को हरकोहिको सम्वेदनालाई उद्धोलित गर्ने यो निर्णयले पतनको अवश्यभावी मार्ग प्रशस्त गरेको छ  ।  सरकार तीनै तहका तीनै नागरिकको मतबाट सत्ता प्राप्ति गरेका राजनीतिक व्यक्तिहरुको चै सुबिधा भत्ता यो महामारी महाबिपत्तीमा पनि बढाउँदै जाने तर यहि महामारीमा लाखौ व्यक्ति भोक प्यासै सयौ कोष पैदल हिडेर घर पुगे त्यहाँ त्यो दुखमा तीनले सरकार महसुस गर्न पाएनन  । 

 

आज हजारौं व्यक्ति भारतीय सिमामा अति अपमानित र कष्टकर जीवन जिउँदै छन कम्तिमा मेरै देशमा मर्न पाउँ भन्दा वारी आफ्नै भुमिको क्वारेन्टाइनसम्म तीनले पाएनन ! कति लुकिछिपी कति कष्ट भोग्दै जन्मथलो टेक्न नपाउँदै इहलिला समाप्त भयो ! महाकालीको कहालीलाग्दो भेल पार गरेको नागरिकलाई नाङ्गो बजार घुमाएर हुर्मत उतार्यो भने कतिलाई महाकालीले निल्यो राज्य बेखबर छ  ।  आज लाखौं श्रमजीवीहरु अरब कतार मलेसियामा बहराइन लगायतका खाडि देशबाट चित्कारदै छन सरकार तीनको रोदनको कहि कतै अभिभावक बन्न सकेन ! हिजो तिनकै रेमिट्यान्सले देशको अर्थतन्त्र मजबुत भएको सत्य भुल्दैछ ! कैयौंको घरमा चुल्हो बल्न छाडिसक्यो तीनको लागि थप राहतको व्यवस्था छैन उल्टो कोहि भोकै बस्नु पर्दैन  ।  कोहि भोकै मर्नु पर्दैन भनेर दिनहुुँ राघ अलाप्ने देशका प्रम नागरिक खान नपाएर आत्माहत्या गर्न थालेका खबरमा बेखबर छ  । 


स्वास्थ क्षेत्र केबल भ्रस्टाचारको अखडा बन्यो, नागरिकको स्वास्थ परिक्षण कोरोना भाइरस चेकमा निजि क्षेत्रले १५०० सम्म लिन पाउने निर्णयले कात्रोको व्यापारमा कमिशनको झनक दिदैछ । यत्रतत्र सर्बत्र भ्रष्टचार र लूटतन्त्रको लागि यतिबेला सरकारका सबै कदम उर्बर भुमी र उपयुक्त समय बन्दै छ यो बिपत्तिमा अब सर्वत्र प्रश्नको सुनामी उठदै छ यो सरकार कसका लागि ?

 

नागरिकलाई बिपत्ती पर्दा साथी होइन दुश्मन जस्तो भोगाइ भएपछि नेपाली राष्ट्रियता ,नेपाल देश र नेपाली नागरिक हुनुको पहिचानको मर्म र भाव के ? अब नागरिक र देशका नाममा भत्ता थप्ने र काटने तिम्रो ब्यबिचारी ,स्वच्छाचारी र अदिनायकबादी निर्णयको पालाना होइन हाम्रो करले हामी माथी तिम्रो सजाय स्वीकार्य छैन भन्दै तीनै नागरिक हुनुको मूल्य करको नाममा भुक्तानी गर्दै आएका नागरिकले कर तिर्दिन सकेको गर भन्दै आन्दोलनमा उतार्न उद्धोलित नगर सरकार  ।  सेतो सारीले लपेटेको पहिरनमा बिधवा र समाजको करुणा र सम्मानका प्रतिक अपाङ्गहरुको लाखौंलाखको जमात र तीनको समर्थनमा सिंगो मुलुक सडकमा उत्रनु पुर्व नै एकल महिला र अपाङ्गहरुको भत्ता स्थापीत गर र विशेष प्याकेज घोषणा गर !

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार