• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
राजनीति

सामाजिक सुरक्षा भत्ता रोकेकोमा सांसद संग्रौलाको आपत्ति

राहुल गुप्ता,काठमाडौं । नेपाली कांग्रेसकी सांसद डिला संग्रौलाले लकडाउनका समयमा एकल महिला, अशक्त, अपांगता भएका व्यक्तिलाई दिँदै आएका सामाजिक सुरक्षा भत्ता रोकेकोमा आपत्ति जनाएकी छन्। 

 

रोजगार गुमाएका मजदुर, न्यून  आय भएका जनसमुदाय, एकल महिला तथा अपांग दाजुभाई दीदीबहिनीहरुलाई न्यूनतम आर्थिक सहायता दिनु पर्ने हामीले मांग गर्दै आएकोमा सरकारको यो कदमको हामी निन्दा गर्दछौँ।  

 

बुधबार एक विज्ञप्ति जारी गदै उनले, 'झन्डै दुई महिना देखि लकडाउनमा भएको बेला सरकारले ६० वर्ष मुनिका एकल महिला तथा अतिअशक्त अपांगता भएका व्यक्तिलाई दिँदै आएको भत्ता रोकेको समाचार सुनेर म स्तब्ध भएकी छु।' 

 

सामाजिक सुरक्षा ऐन २०७५ को हवाला दिँदै गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आर्थिक वर्ष २०६५/६६ देखि दिइंदै आएको उक्त भत्ता रोक्न दिएको थियो।

 

उनले सरकारलाई उक्त कदम फिर्ता गर्न र सामाजिक सुरक्षा नियमावलीमा नियतवस अतिअशक्त अपांगता भएका व्यक्तिलाई छुटाइएको विषयलाई तत्काल सच्याउन माग गरेकी छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार