• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
स्वास्थ्य

थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४३४

काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

 

प्रदेश नम्बर १ कार्यालयले दिएको जानकारी अनुसार झापामा ५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोरोना पुष्टि भएको हो ।

 

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ३४ पुगेको छ । प्रदेश १ मा मात्रै कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ पुगेको छ। संक्रमितमध्ये प्रदेश एक का २६ जना निको भएर घर फर्किएका छन्।

 

यसअघि बुधबार दिउँसो २५ जनामा कोरोनाको संक्रमण पुष्टि भएको थियो । ती मध्ये पाँचजना धनकुटाका संक्रमित थिए।

 

यस्तै देशभर निको भएर घर फर्कनेको संख्या ४५ पुगेको  छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार