• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

नवाजुद्दीनको जन्मदिनमा श्रीमतीले 'सधै एक्लै भए' भन्दै डिभोर्स मागिन 

मुम्बई । १९ मे मा जन्मेका नवाजुद्दीन सिद्दकीको यसपालीको जन्मदिनमा अपेक्षा नगरिएको बिषय  हेडलाइन बन्यो । 

 

४६ बर्षीय यी कलाकारलाई उनकी श्रीमती आलियाले डिभोर्सको लागि औपचारिक पत्र पठाएकी छन । बैवाहिक सम्बन्ध भएको ११ बर्षपछी आलियाले 'इन्डियन एक्सप्रेस' सँग कुरा गर्दै यो जानकारी दिएकी हुन ।

 

पत्रिकासँगको अन्तर्वार्तामा आलियाले भनिन, 'दुई महिनाको यो लकडाउनले मलाई आत्मनिरीक्षण गर्न प्रसस्त समय दियो । बैवाहिक जीवनमा आत्मासम्मान एकदम जरुरी कुरा हो । यो म मा सकिएको थियो । मसँग स्वाभिमान कत्ति पनि बाँकी थिएन । मलाई यस्तो महसूस गराइन्थ्यो कि म केहि पनि होइन । म सधै एक्लै महसुस गर्थे ।'

 

उनले आफ्नो नाम आलिया सिद्दकीबाट पुरानै आफ्नो नाम अंजली किशोर पांडे राखेकी छन । उनले भनिन, 'म यो याद गर्न चाहन्न कि म कसैको उपकारमा पहिचान लिदैछु । त्यसकारण आफ्नो नाम परिवर्तन गरेको छु । म आफ्नै प्रवाहमा बग्न चाहन्छु ।' 

 

११ बर्षको सह-यात्रामा उनीहरुको एक छोरा र छोरी छन । आलियाले भविष्यबारे प्रस्ट पार्दै भनिन, 'मैले भविष्यबारे धेरै केहि सोचेको छैन तर म यो सम्बन्ध अरु अगाडी बढाउन सक्दिन । सम्झौता गर्ने कुनै सम्भावना छैन । बच्चाहरुलाई मैले पालेको हो त्यसकारण उनीहरुलाई आगामी दिनमा मसंग नै हुने व्यवस्थाको माग गर्छु ।' 

 

बिहेपछि नै निरन्तर समस्यामा परेको बताउँदै आलियाले भनिन,'म अहिले नै सबै कुरा भन्न सक्दिन । तर मैले कानुनी रुपमा इमेल र वाट्स्अप मार्फत पत्र पठाएको छु ।' उसले पत्रको जवाफ पठाएको छैन ।
  

लकडाउनको यो बेला बलिउड कलाकार नवाजुद्दीन सिद्दीकी पनि उत्तर प्रदेश स्थित आफ्नो गाउँ बुधना पुगेका छन । महाराष्ट्र सरकारसँग बिशेष अनुमति उनी गाउँ गएका हुन । उनले इद आफ्नो परिवारसँग मनाउने उद्देश्य राखेका थिए ।

 

उनले आफ्नो सामाजिक संजालमा लेखेका थिए, 'मेरो ७१ बर्षिय आमा मेरी बहिनीको मृत्युपछि तनाबमा छिन । सरकारले भनेको सबै नियम पालना गरेको छौं । सबैजना घरमा नै बस्नुस , सुरक्षित रहनुस ।'  उनी अहिले २ हप्ता घरमै क्वारेन्टाइनसमा बसिरहेका छन् । एजेन्सी
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार