• शनिबार १-८-२०८१/Saturday 04-20-2024
स्वास्थ्य

नेपालमा कोरोनाबाट तेस्रो व्यक्तिको मृत्यु

बुटवल  । रुपन्देहीको मणिग्राममा उपचाररत कोरोना संक्रमित शिक्षकको मृत्यु भएको  छ । एकसाता अघि उच्च ज्वरो आएसँगै रुघाखोकीले सताएपछि उनी रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा भर्ना भएका थिए ।

 

अस्पताल भर्नापछि सिकिस्त भएका उनलाई आइसियूमा राखेर उपचार गरिदै आएको थियो ।  शिक्षण पेशामा रहेका उनी बिरामी भएपछि अर्घाखाँचीको एक मेडिकलमा चेकजाँचपछि रुपन्देहीको मणिग्राममा रहेको क्रिमशन अस्पतालमा उपचारत थिए ।

 

याे सँगै नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । यसअघि नेपालमा कोरोनाबाट एक सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिला र अर्का बाँकेका एक युवककाे ज्यान गइसकेकाे छ । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार