• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

नीति तथा कार्यक्रम बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकले आर्थिक वर्ष २०७७/७८ को सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गरेको आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् ।  यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ ।

 

नीति तथा कार्यक्रममाथि सांसद डा। मीनेन्द्रप्रसाद रिजाल, दुर्गा पौडेल, प्रेम सुवाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले संशोधन प्रस्ताव राखेका थिए ।

 

नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा बैठकमा सांसदहरुले भाग लिँदै आ-आफ्नो धारणा राखेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा उठेका प्रश्नको जवाफ दिएका थिए ।

 

सभामुख अग्निप्रसाद सापकोटाले नीति तथा कर्याक्रमलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले पारित गरेको हो । प्रतिनिधिभसभाको अर्को बैठक यही जेठ १३ गते मंगलबार दिउँसो १ः०० बजे बस्नेछ ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार