• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

हामी हाम्रो भुमि फिर्ता गर्छौ : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले भारतले अतिक्रमित गरेको सबै भूभाग सरकारले फिर्ता ल्याएरै छाड्नै अठोट व्यक्त गरेका छन् । 

 

प्रतिनिधिसभामा मंगलबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै सरकारले लिम्पियाधुरासहितको नक्शा देखाउनका लागि मात्र जारी नगरिएको सत्यमेव जयते भन्दै हामी हाम्रो भुमि फिर्ता गर्न सक्ने प्रष्ट पारे । 


प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको नेपाली नक्सा नेपाली भूमि फिर्ता ल्याउनकै लागि जारी गरिएको पनि दाबी गर्नु भएको छ । ‘यो कुनै तमासा गरिएको होइन, देखाउनका लागि मात्र गरिएको होइन’ उनले भने ‘यथार्थमा फिर्ता ल्याउनका लागि गरिएको हो । प्रधानमन्त्रीले तथाकथित राष्ट्रवाद देखाउन नक्सा जारी नगरिएको पनि स्पष्टीकरण दिए । 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार