• शुक्रबार १-१४-२०८१/Friday 04-26-2024
राजनीति

प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई उभिन गाह्रो भएपछि कुर्सीको व्यवस्था

काठमाडौं । प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा समस्या आएको महसुस गरेका छन् ।

 

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनको खुट्टामा समस्या देखिएको र उनले उभिन अप्ठ्यारो भयो भनेका थिए । एपेन्डिसाइटिस शल्यक्रिया र मिर्गौला प्रत्यारोपण गरेका ओलीले खुट्टामा समस्या भएको बताएका थिए ।

 

'सभामुखज्यू मलाई उभिएर बोल्न गाह्रो भयो,' ओलीले भनेका थिए, । त्यसपछि  सभामुख अग्निप्रसाद सापकोटाले संसद्का महासचिवलाई कुर्सीको व्यवस्था गरिदिन निर्देशन दिएका थिए । अहिले प्रधानमन्त्रीले सम्बोधन गरिरहेका छन् ।
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार