• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
राजनीति

अलपत्र परेका नागरिकलाई जोगाउन नसक्नेले मेरो माटो जोगाउन सक्दैनः सांसद थापा

काठमाडौं । नेपाली कांंग्रेसका नेता तथा सांसद गगनकुमार थापाले विदेशमा अल्पत्र परेका आफ्ना नागरिकलाई ल्याउन नसक्नेले आफ्नो भूमि जोगाउन नसक्ने भन्दै टिप्पणी गरेका छन।

 

प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जसले विदेशमा बेवारिसे भएकालाई जोगाउन सक्दैन उस्ले देशको भूमी कसरी जोगाउन सक्छ भनेर प्रश्न समेत गरेका छन । जस्ले आफ्नो अल्पत्र नागरिक जोगाउन सक्दैन त्यसले माटो जोगाउन नसक्ने भन्दै आक्रोश पोखेका हुन ।

 

सरकारको नीति तथा कार्यक्रम देखेर आफुलाई निराश र आक्रोतिस नभई लज्जित बनाएको उनको भनाई छ। 'अमेरिकी बैज्ञानिकहरुले गरेको एक अध्ययनले कतिपय अल्पज्ञानीहरुलाई आफु अद्भूत ज्ञानी र क्षमतावान छु भन्ने भ्रम हुन्छ, त्यस्तो मान्छे सामान्य मान्छे भयो भने सामान्य क्षती हुन्छ, तर ठूला जिम्मेबारीमा भएकाहरुमा भयो भने क्षती पनि ठूलो हुन्छ,' उनले भने ।

 

रोजगारी सृजना गरिनेछ भनेर नीति तथा कार्यक्रम बनाउनेले लाखौ युवा बेरोजगार भएको पत्तो नपाएको उनले टिप्पणी  गरे । अहिले यो पनि गरिने छ, त्यो पनि गरिने छ भन्ने बेला नभएको र नागरिक जोगाउने बेला भएकोमा नेता थापाले जोड दिए ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार