• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
मनोरञ्जन

दिवेश बने अमेरिकन आइडलको उपविजेता

काठमाडौं । रियालिटी शो 'अमेरिकन आइडल' को उपाधि यात्रामा रहेका नेपाली मूलका दिवेश पोखरेल आइलडको उपविजेता बनेका छन् । आइडलको १८ औँ संस्करणको उपाधि यात्रामा अघि बढ्ने क्रममा दिवेश उपबिजेता बन्न सफल भएका हुन ।

 

उनी 'अमेरिकन आइडल' को १९ औं संस्करणमा प्रतिष्पर्धा आइडलको उपाधिबाट भने चुकेका छन्। कार्यक्रममा उनी आर्थर गनको नामबाट सहभागी बनेका थिए।

 

उनलाई लाइबेरियन मूलकी गायिका जस्ट सामले पछि पारेकी हुन्। अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गरेका थिए । केही हप्ता अघि मात्र  श्रोताको भोटबाट उनी टप फाइभमा पुग्न सफल भएका थिए । 
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार