• बुधबार १-१२-२०८१/Wednesday 04-24-2024
विचार

लिपुलेक र ओलीको खोक्रो राष्ट्रवाद

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्मा ओलीको राष्ट्रवाद अहिले ओरालो लागेको छ । आफनै नाममा रहेको जमिन बारे आफैंलाई थाहा पत्तो नहुनु कस्तो बिडम्वना । भन्नुको मतलब यो मुद्धा नेपाल सरकारको मात्र नभएर समग्र राष्ट्रको हो । यदी राष्ट्र रहँदैन भने हामी रहन्छौं भन्ने के बिश्वास । आज यो प्रश्न प्रधानमन्त्री ओलीको लागी पेचिलो बनेको छ । कुरा गरौं दार्चुलाको गुन्जी देखि लिपुलेकसम्म २२ किलोमिटर नेपालको भु–भाग भारतले आफनो अधिनमा ल्याउने उदेश्यले निकै समयदेखि तारवार र मोटरबाटोको सुविधा बनाउँदै आईरहेको तथ्य नेपाल सरकारका जिम्मेवार व्यक्तिहरुलाई ज्ञात हुँदा हुँदै पनि किन यसलाई रोक्नेतर्फ ध्यान दिएनन् । समस्या के थियो ? र यसको समाधान के हो । 

 

अहिले समस्त नेपालीबिच उब्जिएको गहन प्रश्न यो पनि हो कि सत्ता राजनीतिमा सधै लिप्त रहने नेपाली राजनीतिका नेताहरु जो अहिले कुर्सीमा छन् उनीहरुका कारण आज नेपाल राष्ट्रलृे आफनो अधिनमा भएको भुमिमा पनि आदिपत्य जमाउन सकेन । जसको मुल दोषी वा भागीदार समग्र नेपाली भन्दा पनि बिगतदेखि हालसम्म राज्य सत्ता संचालनकर्ता नै हुन।नेपाली राजनीतिज्ञका वाक्यमा अडिगता नहुनुका कारणले पनि आज हामीले आफनो भु–भाग जानी–जानी भारतलाई सुम्पिन थालेका छौं । राष्ट्रवादको कोरा नारा घोक्दै हिड्ने दलका नेताहरु अहिले आफुले गरेको सम्झौताका खाका पल्टाउँदै सपनालाई बिपनामा ढाल्ने प्रयास गर्दैछन् । विगतदेखि नै भारतले नेपाललाई हेर्ने दृष्टिकोणमा एकद्धारता अपनाएको थियो । आफनो राजनीतिक स्वार्थका लागी भारतको काँधमा काँध मिलाउन पुग्ने यीनै नेतृत्व वर्गका कारण बीर गोर्खालीले अर्जेको भु–भाग हाँसी–हाँसी भारतलाई दिन बाध्य भएका छन् । यसमा कसको दोष ? नेपाल सरकारले यसमा चासो नदिनुको कारण पनि भारतीयहरुले आफनो भुमि अतिक्रमण गरेको कुरा लिपुलेकका स्थानीयवासीहरुले जानकारी दिँदै आएका थिए । जानकारी हुँदाहुँदै पनि नेपाल सरकारले यस्तो गहन बिषयमा व्यवस्था गरेको कारण आज यो परिस्थिती उत्पन्न भएको हो । 

 

आज बिश्व भु–मण्डल कोरोना भाइरसका कारण बिक्षिप्त बनेको छ । बिश्वका मै हुँ भन्ने राष्ट्रहरुलाई अहिले यो भाइरसले हम्मेहम्मे पारेको छ । यो जोखिमबाट नेपाल अलग रहने कुरा भएन । कोरोनाको जोखिमबाट माथी उक्लिँदै गएको नेपाल बिश्व मानचित्रमा भुपरिबेष्ठित राष्ट्रको रुपमा चिनिएको छ । अल्पबिकसित राष्ट्र नेपाल दुई बिकसित मुलुक भारत र चीनको चेपुवामा जहिले पनि पर्ने गरेको छ। यही चेपुवाको पछिल्लो उदाहरण हो लिपुलेक । निर्बल हुनुको फाइदा अहिले दुई छिमेकी राष्ट्रहरुले लिईरहेका छन् । हामी निर्जिव प्राणी सरह बस्न बाध्य भएका छौं । हामीलाई थाहा छैन कि यसको अन्तिम निचोड के हो । उता दिनप्रतिदिन नेपालको सिमाका भुमिहरुमा भारतीयहरुको आँखा गड्दै छन् । बिगतमा यही सिमा विवादका कारण तराई क्षेत्रमा एक साहसिक राष्ट्रवादी पुरुषले ज्यानको आहुती दिएका थिए । एकै थलोमा बसेपछि एकआपस बिच सामान्य विवाद हुनु स्वभाविक हो । यही विवाद र सोझा नेपालीको फाइदा उठाएर भारतले नेपालको कति भुमिमा आफनो कब्जा जमायो । त्यसको कुनै पुष्टि छैन । 

 

आफनो फाइदाको लागी छिमेकी राष्ट्र भारतले तलभन्दा तल गिरेर काम गर्छ भन्ने कुरा नेपाली सत्ता संचालकहरुलाई ज्ञात नभएको होइन । भारतले हाम्रा राज नेताहरुलाई मिठालु भोजनमा बिषालु हालेर दिएको पनि पत्तै भएन । बिश्व धरातलमा आफुलाई अब्बल राष्ट्रको रुपमा उभ्याउन खोज्ने दुई छिमेकी मुलुक भारत र चीनले नेपालको हितको लागी कहिले पनि सोच्दैनन् । यो यर्थाथता हो ।

 

राज्य सत्ताका संचालक प्रधानमन्त्री ओलीको कलाकारिता र अदुरदर्शीताका कारण आज नेपालले यस्ता बिसंम परिस्थितीको सामना गर्नुपरेको छ । उनमा देखिएको प्रशासनिक अज्ञानताका कारण नेपालले ठुलो मुल्य चुकाईरहेको छ । उनका प्रशासनिक कार्यदलका सदस्यहरु रक्षामन्त्री इश्वर पोखरेल देखि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसम्मलाई ओलीको ज्ञानले छोएको छ । यही अल्पज्ञानीहरुका कारण नेपाल नतमष्तक बनेको छ । राष्ट्रवादी नारा र गीत घोकेर नथाक्ने हाम्रा राजनेताहरुका कारण आज एक गोर्खालीको शिर झुकेको छ । निर्वाचनको यात्रालाई बिशेष ध्यान दिने र निर्वाचनपछि सत्तामा राज गरेर आफनो दुनो सोझाउने तीर लाग्ने प्रवृतीका कारण भोली नेपाल बिश्व मानचित्रको खाल्डोमा बिलिन नहोला भन्न सकिदैन ।     
 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार