• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

डर्टमण्डको जित

काठमाडौं । दुई महिनापछि सुरु भएको जर्मन बुन्डेसलिगामा  बोरुसिया डर्टमुन्डले उत्कुष्ट सुरुवात गरेको छ । रिभर डर्वीमा भएको खेलमा बोरुसियाले साल्केलाई चार शुन्य गोलले जित आफनो पोल्टामा पार्यो । 

 

घरेलु मैदानमा डर्टमुन्डको ४/० जितमा राफेल गुरेरोले २ तथा एर्लीङ हालान्ड र थोर्गन हाजार्डले १/१ गोल गरे । डर्टमण्डका लागि राफेल गुईरेरियोले दुई गोल गरे । यस्तै अर्लिङ हालाण्ड र थोर्गन हाजार्डले एक एक गोल गरे ।

 

खेलको २९ औं मिनेटमा हालाण्डले गोल गर्दै डर्टमण्डलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा राफेलले गोल गर्दै डर्टमण्डलाई पहिलो हाफमा २/० को अग्रता दिलाए ।

 

यस्तै  ४८ औं मिनेटमा हाजार्डले गोल गर्दै टिमको अग्रता तीन शुन्यमा पुर्याए । एकपछि अर्को गोल गरेको बोरुसियाका लागि ६३ औं मिनेटमा फेरी गुइरेरोले नै गोल गरे । जसका कारण घरेलु टिमले चार शुन्यको अग्रता बनायो । त्यसपछि साल्के खेलमा फर्कन सकेन र पराजित भयो ।

 

यस जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी १ अंकमा झारेको छ । डर्टमुन्डको ३६ खेलमा ५४ अंक छ । एक खेल कम खेलेको बायर्नले ५५ अंक जोडेको छ । यस्तै शाल्के ३७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

 

कोरोना भाईरसको महामारीको कारण स्थगित लिग करिब २ महिनापछि शनिबारबाट सुचारु भएको हो । खेल दर्शकविना बन्द रंगशालामा खेलाइएको थियो । कोरोनाको कारण लिग गत मार्चबाट रोकिएको थियो । बुन्डेस लिगा कोरोनापछि सुचारु हुने पहिलो युरोपको शीर्ष डिभिजनको लिग हो ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार