• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
मनोरञ्जन

सबैको प्रिय 'धक धक' गर्ल : माधुरी दीक्षित

काठमाडौं । बलिउडमा आज बिहेपछि पनि कयौं नायिकाहरु बलिउडमा सक्रिय छन । तर कुनैबेला यस्तो अवस्था पनि थियो जति बेला बलिउड नायिकाहरुलाई बिवाहपछि आफ्नो क्यारियर नै समाप्त गर्नुपर्ने स्थिति हुन्थ्यो । सफलताको शिखर चुमेको बेला धेरैको अनुमान यो थियो कि बिवाहपछि  यी नायिकाहरुको  फिल्म क्यारियर  सकियो ।


बलिउड नायिका माधुरी दीक्षितले बिवाह पछि सबैलाई चकित पार्ने गरि फिल्मी जगतलाई छाडिनन् ।  बिवाह पछि पनि उनले निकै राम्रो फिल्महरुमा काम गरिन । एक अन्तर्वार्तामा उनले भनेकी छिन् कि, 'सायद मैले चाडै नै बिवाह गरें । बिवाह पछि फेरी फिल्ममा काम गर्न धेरै 'फ्याक्टरु' जोडिएका थिए । यत्तीकै  फर्किने निर्णय गरेको होइन ।' अहिले उनी श्रीमान  डा. श्रीराम नेनेसँग पारिवारिक बातावरणमा ५३ औं जन्मदिन मनाइरहेकी छन । 

 

८०/९० को दशकमा कलाकार बन्ने र उनीहरुको तस्वीर पत्रिकामा छापिन सुरु हुने गर्थ्यो । त्यहि समय 'अबोध' (१९८६) फिल्मबाट एक नायिकाको रुपमा माधुरीको बलिउडमा प्रवेश भयो । उनको हाउभाउ र अभिनय यस्तो सामान्य थियो कि हरेक दर्शकलाई उनी आफ्नै गाउँ ठाउँबाट गएको एक युवतीजस्तो लाग्ने गर्थ्यो।

 

माधुरी त्यस्ती नायिका थिइन् जसको फोटो कोठाको भित्तामा टास्दा घरको कुनै सदस्यलाई आपत्ति लाग्दैन थियो । उनी यस अर्थ त्यस्ती अन्तिम नायिका हुन जो 'रियल एण्ड रिल लाइफ' (फिल्म र असली जीवनमा) माध्यवर्गको आदर्श बनिन् । 

 

मराठी परिवारमा जन्मेकी  माधुरीको  जीवन  मध्यमवर्गीय परिवारको आदर्श मान्न सकिन्छ । हाम्रो समाजका अधिकांश परिवारको एक सपना हुन्छ कि उनका छोराहरु इन्जिनीयर र छोरी डक्टर बनुन । उसको डक्टर छोरीसँग यो अपेक्षा पनि गरिन्छ कि उनको क्यरियर सँगै आफ्नो गृहस्थी पनि राम्रोसँग मिलाउन सकुन । माधुरीको अहिलेसम्मको यात्रामा उनी यी दुवै अवस्थामा आफुलाई सफल राख्न सकिन ।


माइक्रोबायोलॉजीको पढाई गर्दागर्दै १८ बर्षको उमेरमा नै  माधुरी दीक्षितले अभिनय सुरु गरिन ।  उनको क्यरियर हेर्दा यस्तो लाग्छ कि उनीलाई मात्र फिल्ममा आउनु थियो त्यसपछि सबैकुरा एकदम सहज रुपमा हासिल भयो । उनले जुन फिल्ममा काम गरिन त्यो सफल भयो । तर यसको मतलब 'अबोधु देखि 'गुलाब गैंग' सम्म उनले संघर्ष गर्नुपर्यो भन्ने पनि होइन।  

 

९० को दशक माधुरीको सुनौलो समय थियो । 'राम लखन' देखि 'परिन्दाु'  'साजन',  'बेटा'  'हम आपके हैं कौन',  'दिल तो पागल है' सम्म सबै फिल्महरुले  माधुरीलाई सफलताको शिखरमा पुरायो । यस्तो अव्स्थामा पनि उनले आफ्नो स्वभावलाई परिवर्तन गरिनन् । उनी सामान्य र पहिलो फिल्ममा काम गर्दै गरेको जस्तो अवस्थामा झैँ शालिन र जिज्ञासु रहिन । उनको लोकप्रियता यस्तो थियो कि सबै पुरुष उनलाई देख्न चाहन्थे भने हरेक युवती माधुरी दीक्षित जस्तै बन्न चाहन्थिन । 


हरेक घरमा मानिसहरु उनलाई आफ्नो घरको सदस्यको रुपमा हेर्ने गर्थे । घरका ठुला मानिसहरु उनलाई आफ्नो घरको छोरी वा बुहारी जस्तो मान्ने गर्थे । नयाँ पुस्ताका पुरुषहरु उनलाई आफ्नो प्रेमिका बनाउन चाहन्थे  र महिलाहरु उनी जस्तै बन्ने चाहना राख्थे ।  माधुरी एक समयमा नै 'साजन' बाट कलेजका युवती र 'हम आपके है कौन' बाट गृहणीको निम्ति आदर्श पात्र बनेकी थिइन् । उनले लगाएको बैकलेस ब्लाउज र लेहेन्गाले  लामो समयसम्म बजार लियो ।

 

फिल्मी दुनियाँमा  कलाकारहरुको नाम अन्य कलाकारसँग जोडेर गसिप बनाउन मसाला लगाएर बेच्ने गरिन्छ । माधुरीको नाम पनि यो प्रचलनबाट अछुतो रहेन । अनिल कपूर, संजय दत्त, आमिर खान, सलमान खान, शाहरुख खानसँग उनको प्रेम किस्सा  पत्रपत्रिकाहरु छापिए । यीनमा सबै भन्दा धेरै नाम संजय दत्तसँग जोडिएको थियो । 'खलनायक' फिल्मको सुटिङ समयमा उनीहरु नजिक हुँदै गएको र 'मुम्बई बम ब्लास्ट' को घटना पछि उनीहरु टाढा भएको भन्ने चर्चा अहिले पनि सुन्ने गरिन्छ ।


मिलनसार स्वभाव कि माधुरीले आफ्नो समयका सबै चर्चित कलाकार र निर्माता निर्देशकसँग काम गरेकि थिइन् । उनका बारेमा उनका समकालीन बलिउडकर्मीहरुले राम्रा शब्दहरु प्रयोग गरेका छन ।  निर्देशक आशुतोष गवारिकर भन्छन्, माधुरीका सबै फिल्म हेरेको छु । उनका अनुहारले करोडौं शब्द बोल्न सक्छन । उनी राम्रो नाच्न सक्छिन भने उनको हाँसोमा सौन्दर्य र जादु छ ।' त्यस्तै अर्का निर्माता निर्देशक महेश भट्ट माधुरीको तारिफ गर्दै भन्छन, 'उनको अनुहारमा भारतीय करिश्मा छ तर एकदम गहिराइका साथ । उनको गहिराई हामी कसैले खोज्न सक्दैनौं । उनी असिमित छन ।' 

 

उनको समकक्षी नायिकाहरु पनि खुला हृदयले उनको तारिफ गर्छन । नायिका जुही चावला स्वीकार्छिन,'मैले जति धेरै मेहिनेतका साथ काम गरेपनि माधुरी सधै म भन्दा धेरै अघि हुने छिन ।' त्यस्तै काजोल भन्छिन, 'म माधुरीको सुन्दरता र प्रतिभाको कति आलोचना गर्ने कोशिस गर्छु तर म बाट त्यो सम्भाव नै हुँदैन ।' मिस युनिभर्स १९९४ जितेकी सुन्दरी नायिका सुस्मिता सेन भन्छिन, 'म को हो ? कोहि पनि होइन । माधुरी दीक्षित सुन्दर छिन , म होइन ।'

 

उनीसग काम गरेका नायकहरु पनि उनको सुन्दरता र सिपको बारेमा अभिव्यक्ति दिएका छन । सलमान खान भन्छन, 'जब तुलनाको कुरा हुन्छ म सधै नायिकाहरुलाई माधुरीसँग तुलना गर्छु र त्यसको कारण सबै नायिकालाई निराश गराउँछन।' माधुरीसँग लगातार सफल फिल्म 'बेटा'  'राम लखन'  'तेजाब', 'दिल' मा काम गरेका नायक अनिल कपुर भन्छन, 'मलाई सबै फिल्महरुबाट उनी सँग नजिक हुने मौका मिल्यो । मैले उनलाई फकाएर बिहे गरें ।  उनीसग प्रेम गरे । तर केवल फिल्महरुमा । मलाई लाग्छ फिल्मले हामीलाई उत्कृष्ठ जोडी बनायो ।'

 

त्यस्तै मिथुन चक्रवर्ती भन्छन, 'उनी एकदम लगनशील नायिका र नृत्यमा सिपाल' कलाकार हुन् जसको नजिक अन्य केही भारतीय कलाकारहरु पुग्न सकेका छैनन् ।'

 

सीप, सुन्दरता, मुस्कान र लगनशिलताको निम्ति बलिउडले याद गर्ने माधुरी अझै पनि करोडौँ फ्यानको मनमा बसेकी छन । उनको फिल्मको गीत झैँ उनका फ्यानहरुको मुटुमा उनी सधै 'धक धक'  गरिरहेकी हुन्छिन् ।  

 

लेखक : अन्जली मिश्रा


संयोजन /अनुबाद : नारायण न्यौपाने 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार