• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
पत्रपत्रिका

सङ्क्रमित सबै २३ जना मुम्बईबाट नेपाल प्रवेश गरेका थिए

बुटवल । प्रदेश ५ मा सोमबार मात्रै २३ जनामा नयाँ कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेशमा सङ्क्रमितको संख्या ५३ पुगेको छ । सोमबार कपिलवस्तुमा १६, रुपन्देहीमा ६ र बर्दियामा १ जना नयाँ सङ्क्रमित थपिएका हुन् । उनीहरु सबै भारतको मुम्बइ शहरबाट आएका र लुकीछिपी नेपाल प्रवेश गरेका थिए । तर, उनीहरूको यात्रा विवरण भने फरकफरक छ ।

 

कपिलवस्तुमा सोमबार १६ जनामा सङ्क्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा सङ्क्रमितको संख्या २१ पुगेको छ । प्रमुख जिल्ला अधिकारी दीर्घनारायाण् पौडेलका अनुसार यसमध्ये बुद्धभूमि नगरपालिकाका ४ जना र यशोधरा गाउँपालिकाका १२ जना छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार उनीहरू सबै भारतको मुम्बइ शहरबाट आएका थिए । भारतीय सीमासम्म रेल र मालबाहक ट्रकमा आएका थिए । त्यसपछि यशोधरा गाउपालिकामा रहेको मर्यादपूर नाकाबाट रातिको समयमा लुकेर स्वदेश छिरेका थिए । बुद्धभूमिका ४ जना नै घर नगई सिधै क्वारेन्टाइनमा आएका थिए । यशोधरा गाउपालिकाका सङ्क्रमित भने घरमा गएको घरमा २ देखि ३ दिन बसेको र स्थानीयले थाहा पाएपछि जनप्रतिनिधि हुँदै स्वास्थयकर्मीले क्वारेन्टाइनमा लगेका थिए । उनीहरू वैशाख २४ र २५ क्वारेनटाइनमा आएका हुन् ।

 

रुपन्देहीमा सोमबार ६ जना कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । यससँगै जिल्लामा सङ्क्रमितको संख्या ७ पुगेको छ । राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । सम्मरीमाई गाँउपालिकाका ७ का चार र लुम्बिनी सांस्कृतिक नगरपालिका ६ दुई जना रहेको रुपन्देही स्वास्थ्य प्रमुख राजेन्द्रकुमार गिरीले बताउनुभयो । गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार