• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
प्रवास

नेपालको सीमा अतिक्रमण बारे विश्वभरका जनसम्पर्क समितिद्धारा विरोध

काठमाण्डौं । नेपाली भूमीमा भारतले सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने आवाज सर्बत्र उठेको छ ।

 

भारतले नेपालको भूमी लिपुलेक हुँदै चीन जोड्ने सडक निर्माण सुरु गरेर नेपाली सीमा अतिक्रमण गरेको प्रति विश्वभरीका नेपाली सम्पर्क समितिले निन्दा  गरेका छन्  ।

 

विश्वभरका  समितिहरुले भारतीय हस्तक्षेपको विरोध गर्दै विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरुले संयुक्त प्रेस वक्तव्यमार्फत  हस्तक्षेपको भर्त्सना गरेका छन्  ।

 

‘सीमाजस्तो संवेदनशील विषयमा जुन किसिमको हस्तक्षेप भएको छ त्यसको हामी विश्वभरका नेपाली जनसम्पर्क समितिका सभापतिहरु घोर निन्दा र भत्र्सना गर्दछौं,’ जनसंम्पर्क समितिहरुद्धारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ।

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार