मेरो देश
खुल्ला सिमाना बन्द गरौं
आउ लगाउँ काँडेतार ।
देश नरहे हामी हुन्नौं,
नारा लगाऔं बारम्बार ।
आप्रवासीहरुको लर्को ताँती, देशलाई हुन्छ भार
यस्तो समय आइसक्यो, सार्वमौमिकतालाई पर्दैछ मार ।
सत्ताशक्ति हातमा हुनेले, नागरिकताको गरे व्यापार
प्रतिकारमा नउत्रे हामी, अरुको जीत नेपालीको हुनेछ हार ।
नदिनाला बेचे, सिमाना बेचे, बेचे साँधको जलाधार
जंगे पिलर हराउन थाले, रखवारी गरौं खवरदार होसियार ।
प्रतिकृया दिनुहोस