• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

'खाली स्टेडियममा खेल हुन सक्छ, तर...'

मुम्बई । कोभिड-१९ महामारी सकिने बित्तिकै खाली स्टेडियममा क्रिकेट हुन सक्ने सम्भावना देखिएको छ । धेरै देशहरुको क्रिकेट बोर्डले खाली स्टेडियममा संचालन गरि त्यसको टिभी राइट बेची नोक्शानी कम गर्न खोजेका छन । 

 

अड्कल यो पनि चलिरहेको छ कि अस्ट्रेलियामा हुने भनिएको टी २० पनि दर्शक बिना नै खेलाइने भएको छ । बिश्व स्वास्थ्य संगठनले यस्ता खेलका कार्यक्रम आयोजना गर्न रोकेको अवस्थामा अनिश्चितता रहेको छ । यसै क्रममा बिभिन्न खेलाडीहरुले पनि आफ्नो व्यक्तिगत धारणा अभिव्यक्त गरेका छन ।

 

यसै क्रममा भारतीय क्रिकेटका कप्तान बिराट कोहलीले स्टार स्पोर्ट्सको एक कार्यक्रम  ‘क्रिकेट कनेक्टेड’ मा भने, ‘यो सम्भव छ, सायद यो हुन्छ नै । इमानदारीपुर्वक भन्छु कि सबै मानिस यसलाई कसरी हेर्छन म बुझ्न सक्दिन तर हामीलाई उत्साहले भरिएका दर्शकको माझ खेल्ने बानिपरेको छ । दर्शकको हुटिंगको उत्साहले नै खेललाई अघि बढाउन सहयोग गर्छ । अब दर्शकको अभावमा खेल्न त सम्भव छ तर त्यहि भावनासँग खेल खेल्न मुश्किल हुन्छ होला ।' 

 

दर्शकहरुको उत्साहले खेलाडिलाई उक्साउने  र त्यो अभाव हुने बताउँदै उनले भने, 'हामी त्यहि क्रिकेट, त्यहि तरिकाले नै खेल्ने छौं, तर दर्शक बिना खेल्दा त्यो जादुमय क्षण लिएर आउन  मुश्किल हुनेछ।’ बेन स्टोक्स, जेसन राय, जोस बटलर र पैट कमिंस जस्ता खेलाडीले पनि खाली स्टेडियममा खेल्ने विचारलाई समर्थन गरेका छन् । एजेन्सी


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार