• बिहीबार १२-१५-२०८०/Thursday 03-28-2024
पत्रपत्रिका

तनहुँका साहसी बाबु : जसले चितुवासँग लडेर छोरालाई बचाए

तनहुँ । तनहुँका एक साहसी बाबुले छोरालाई आक्रमण गर्न आएको चितुवासँग लडेर छोरालाई बचाउने मात्रै नभई नरभक्षी चितुवालाई मार्न समेत सफल हुनु भएको छ ।

भानु नगरपालिका–४ चुँदीकुमाल गाउँमा पूर्व सैनिक ३६ वर्षिय रामबहादुर कुमालले छोरालाई झम्टिन आएको चितुवालाई छेकेर छोराको उद्धार गर्नुभएको हो ।

 

चितुवाको आक्रमणबाट कुमाल पनि घाईते हुनुभएको छ । करीव ३ वर्षको र २० किलो तौलको चितुवा र कुमाल तथा उहाँको परिवारसँग भिडन्त हुँदा मारिएको र छोराको सकुशल उद्धार भएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिनुभयो ।

कुमालको १२ वर्षको छोरो समिर कुमाललाई आक्रमण गर्न चितुवा जाइलाग्ने क्रममा भिडन्त भएको थियो । मेरो पछि, पछि आएको छोरालाई चितुवाले आक्रमण गर्न चितुवा दौडेर आएको देखें, मैले छेक्कटो काटेर चितुवालाई रोकें कुमालले भन्नुभयो, म चितुवासँग लड्न नगएको भए छोरालाई झम्टिने थियो ।’

 

घाईते कुमालले व्यवसायिक रुपमा पाल्नु भएको कुखुरा फारामबाट बिहीबार विहान ४ बजे एक व्यक्तिले कुुुखुरा टिपेर भागेको देखेपछि चोरलाई कुमालले लखेट्दै जाँदा वन छेउको चिलाउनेको रुखमा लुकेर सबेको चितुवाले बालकलाई आक्रमण गर्न खोजे पछि दोहोरो भिडन्त भएको भानु नगरपालिकाको उपप्रमुख आशा थापाले जानकारी दिनुभयो ।अमरराज नहकी,गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार