• शनिबार १-८-२०८१/Saturday 04-20-2024
खेलकुद

कुमार संगकारा लगातार दुई कार्यकाल एमसीसी अध्यक्ष

काठमाडौं । श्रीलंकाका क्रिकेट टिमका पुर्व कप्तान कुमार संगकारा मेलर्बन क्रिकेट क्लब (एमसीसी) को पहिलो बिदेशी अध्यक्षका रुपमा अक्टुबर २०१९ बाट काम सुरु गरेका थिए ।

 

क्रिकेटको ठुलो र सम्मानित स्टेडियम लर्ड्सको स्वामित्व बोक्ने यस क्लबको अध्यक्षको कार्यकाल १ बर्षको हुनेगर्छ । तर बिशेष परिस्थितिमा दुई  बिश्वयुद्धहरुमा एमसीसी अध्यक्षहरुले लामो समय काम गरेका थिए । अहिले कोरोनाले निम्ताएको अफ्ठ्यारो परिस्थितिमा कुमार पुन : एमसीसीका  अध्यक्षको रुपमा प्रस्ताव गरिएको छ । 

 

जुन महिनाको २४ मा हुने बार्षिक साधारण सभामा उनलाई भोट मार्फत चुनिने सम्भावना देखिन्छ । उक्त सभाले नयाँ सदस्यता दिने प्रक्रिया पनि सुरु गरि क्लबको लागि रकम जम्मा गर्ने योजना बनाएको छ । आजीवन सदस्य बन्नको लागी उमेर अनुसार ७ हजार देखि ८० हजार पाउण्ड तिर्नुपर्ने हुन्छ । यसरी उठेको रकमबाट क्लबले खेलकुदका सबै काम बन्द भएको बेला स्टेडियमको संरचनाको बिकास र मर्मत जारी राख्ने योजना बनाएको छ ।  

 

के हो मेलर्बन क्रिकेट क्लब (एमसीसी) ?
यो क्रिकेट क्लब १७८७ मा स्थापना भएको हो जसलाई क्रिकेटको पहिलो खेल आयोजना गरेको र सुरुवातका नियम बनाएको बताइन्छ। यहि क्लबले अहिले पनि बिश्वभर यस खेलको नियम तर्जुमा गर्नेगर्छ ।

 

अहिले यो क्लबसँग १८,००० पूर्णकालीन सदस्य र ५,००० सह सदस्य  छन । हरेक बर्ष यो क्लबका २,००० सदस्यहरु कुनै न कुनै स्तरको खेल खेल्न चौरमा हुने गर्छन । यस क्लबले विश्वमा सर्वाधिक धेरै अर्थात करिब ४८० खेल बार्षिक रुपमा गराउने गर्छ – यस अन्तर्गत युकेभित्र हुने बिधालय, बिश्वबिधालय, र क्लब स्तरीय खेल र बिभिन्न देशको खेल यात्रा पर्छन ।

 

१८२१ देखि अहिलेसम्म यो क्लबमा १६८ जना अध्यक्ष मध्य तीनजनाले मात्र दुई कार्यकाल काम गरेका छन । पहिलो बिदेशी अध्यक्ष बनेका कुमार संगकारा यसपटक दोहोरिने सम्भावना बढेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार