• बिहीबार १-१३-२०८१/Thursday 04-25-2024
मनोरञ्जन

लकडाउन पछि कसरी तयार हुँदैछ बलिउड ?

काठमाडौं । कार्यतालिका अनुसार यो गर्मी महिना रणवीर सिंह, बिक्की कौशल, भुमी पंडेकर, र करिना कपुर खानले इटालीमा बिताउने तय भएको थियो । फिल्म ‘तुक्त’ को लागी उनीहरु सुटिङमा व्यस्त हुने कार्यक्रम थियो । तर कोराना भाइरस आयो र गत दुई महिना देखि बलिउडका सबै फिल्म रोक्किए झैँ करन जोहरले निर्देशन गर्ने यो फिल्म पनि रोकिएको छ । अब सुटिङ कहिले सुरु हुन्छ भन्ने निर्धारण गर्न सक्ने अवस्था पनि छैन ।


के फिल्मका युनिटहरु निकट भविष्यमा नै पुन : सुटिङमा फर्किने छन ? हामीले आधा दर्शनभन्दा बढी यस क्षेत्रका बिज्ञहरुसँग कुराकानी गरेका थियौं । फिल्म ‘गो गोवा गन’,‘स्त्री’ र ‘फ्यामिली म्यान’ का लेखक निर्देशक कृष्ण डीके भन्छन, ‘यदि लकडाउनका सिमा र बन्देजहरु रोकिए भने पनि त्यहाँ सामाजिक दुरी कायम नै रहन्छ ।’ उनी स्पस्ट पार्छन, ‘अब धेरै बन्देजहरु रही नै रहने छन र फिल्म बनाउन सेटमा धेरै मानिसहरु चाहिन्छ । तर एउटा सम्भावना भने अझै छ कि तपाई आफ्नो टिममा थोरै मान्छे राख्नुहोस र उनीहरुलाई  धेरै नियमले बाध्नुस ।’


लेखक डीके ले सुटिङ अवधीभर कलाकार र फिल्म समुहलाई क्वारेन्टाइनमा राख्नेबारे यस उधोगका केही निर्देशकसँग अनौपचारिक कुराकानी भएको बताए । यी समाधानका केही उपाय हुन तर केही यसमा पनि पक्कापक्की भने भएको छैन । यी समाधानका उपायले सानो फिल्म र सजिलै निर्माण गर्न मिल्ने फिल्मलाई काम गर्नसक्छ तर धेरै मानिस प्रयोग हुने र ठुलो सेट निर्माण हुने गरी बनाइने ठुलो फिल्ममा यी उपायले काम गर्ने छैन । डीके को कुरालाई समर्थन गर्दै अर्का निर्देशक हंसल मेहेता भन्छन्,‘सानो समूह, सिमित सेट र थोरै बाहिरी दृश्यहरु हुने सानो लगानीका फिल्मले आफ्नो निर्माण सुचारु गर्न सक्छन।’ 

 

‘आगामी दिनमा लकडाउन खुल्यो भने, सानो समुहमा काम गर्नेहरुले तत्काल काम सुरु गर्न सक्छन तर ठुलो उद्देश्यका साथ बनाउन लागेका फिल्महरुले भने केहि महिना पक्कै कुर्नुपर्नेछ’, निर्देशक तथा लेखक डीकेले भने । 


यता फेसबुकमा गरिएको कुराकानीमा निर्देशक मेहेताले, ‘मैले बनाउने जस्तो फिल्म बनाउनेको लागि यो समयमा सजिले बनाउन सकिनेछ किनभने म सानो समुहमा काम गर्ने गर्छ।’ फिल्म ‘शाहिद’ जम्मा १५ जना समुहबाट काम सम्पन्न भएको हो । यस्तै ‘सिटिलाइटस’ ३० जनाबाट सम्भब भएको हो । मलाई यस्तै किसिमको फिल्म बनाउने तरिकामा फर्किने चाहना छ ।मलाई लाग्छ अब समय परिस्थितिले मलाई मेरै आफनै पुरानो शैलीमा फर्काउने छ । तर उनलाई थाहा छ कि बिना सुरक्षा निर्देशिका काममा फर्किनु सपना जस्तो हुनेछ ।

 

‘स्वीडेन र डेनमार्कले हालै फिल्मको छायांकनको लागि निर्देशिका बाहिर ल्याएको छ । अब त्यस देशमा छायांकन गर्न स्तरीय ‘प्रोटोकल’ लाई अपनाउनु पर्नेछ । उदाहरणको लागि हेर्दा राम्रो देखिने दृष्यमा ठुलो भीड गर्न पाइने छैन । त्यस्तै हामीले पनि हाम्रो नियम बनाउन पर्नेछ । मलाई थाहा छैन कहिले छायांकन सुरु हुनेछ तर यो चाँडै हुनेछ किनभने यसले धेरैको गाँसबासलाई असर गरेको छ,’ मेहेताले भने ।


त्यस्तै फिल्मको सेटमा जानु अघि काम गर्ने समुहको ज्वरो जाँच गर्ने अर्को महत्वपूर्ण बिचार वा उपाय हुन् सक्ने धारणा कलाकार रोहित रोयले राखे । उनले लकडाउन सुरु हुनुभन्दा ठिक अघि संजय गुप्ताको ‘मुम्बई सागा’ को सुटिङ सकेका थिए । 


रोहित रोयले भन्छन्, ‘आगामी बाटो स्पस्ट छैन, लकडाउन कहिले खुल्छ र कहिले हाम्रो फिल्म उधोग पुन : सुचारु हुन्छ । हामी सबै सेटमा गएर काम गर्न इच्छुक छौं तर हामीले कसरी र कहिलेसम्म सामाजिक दुरी कायम राख्ने हो । यदी ३०५ को काम गर्ने समुहको कटौती गर्ने हो भने पनि हरेक सुटिंङमा करिब १०० जना मान्छे त हुन्छ नै । त्यसकारण ज्वरो छ छैन वा कोरोनाको जाँचबुझ गरेर मात्र व्यक्तिलाई भित्र जान छुट दिनुपर्छ । मलाई लाग्दैन कि हामी जुन भन्दा पहिले काम गर्न सक्छौं ।’


अपारशक्ति खुरानाको धेरै सुटिंङहरु यो महामारीले गर्दा सरेको छ तर पनि उनी आशा गर्छन कि ठुला फिल्महरु पनि अगस्टको अन्तिमसम्म सुटिङमा जानेछन,उनी भन्छन,‘अहिले नै हामी बाहिर गएर काममा जाने कुरा सम्भव छैन । तर अगस्ट अन्तिम तीर सामान्य रुपमा काम गर्न मिल्नेछ ।  अप्रिल र मे महिनामा हुने सुटिंङ पनि अगस्त २५ तीर हुने भनेर प्रोडक्सन हाउसले इमेल गरेको छ । मलाई लाग्छ त्यतिबेला सबै ठिक हुनेछ ।’


फिल्ममेकर होमी अदाजनी भने अप्रिल २०२१ तीर मात्र काम गर्न मिल्ने बिचार राख्छन । उनी भन्छन, ‘सबैभन्दा डरलाग्दो सरुवा भाइरस हाम्रो आसपास डुलिरहेको छ भन्ने त्रास लिएर म सुटिंङ गर्ने बारेमा कल्पना गर्न सक्दिन । मेरो अनुमानमा जब यस बिरुद्धको खोप आउने छ त्यसपछि मात्र सुटिंङ सुरु हुने छ । फिल्मको काम भनेको धेरै मानिसहरुको संख्याम हुने काम हो र कसले त्यस भिडमा भन्न सक्नेछ कि कसलाई यो भाइरस लागेको छ । त्यसकारण सबैकुरालाई मध्यनजर गरी, सकरात्मक सोचका साथ अप्रिल २०२१ मा काम सुचारु हुने अनुमान गर्छु ।’

 

‘इन्टरनेटमा फिल्म रिलिज गर्ने सामाग्रीहरु प्रसस्त बिकास भएको छ । यसकारण धेरै फिल्महरु हलमा भन्दा इन्टरनेटमा नै रिलिज भईरहेका छन् । म धेरै टिमहरुसँग काम गर्न भन्दा पनि इन्टरनेटका माध्यम सँगै नै सहकार्य गर्नेछु,’ भन्छन होमी अदाजनी जसको अंग्रेजी मिडियम’ कोरोना भाइरसको संक्रमणको कारण इन्टरनेटमा  पुन : रिलिज गरिएको थियो ।


अब अडिसन अनलाइन वा रेकर्ड गरि पठाएको सामाग्रीहरुबाट हुने संकेत दिए ‘तलास’, ‘तुमहारी ’सल्लु’, ‘गली ब्वाय’, र ‘थप्पड’ फिल्ममा कास्टिंङ निर्देशकको रुपमा काम गरेका नन्दिनी श्रीकेन्तले । यस्तै कास्टिंङ निर्देशक मुकेश छबरा भन्छन, ‘अर्को छ सात महिना सबैकुरा सामान्य नहुने बेला हामीले अडिसनको लागि भनी मानिस बोलाउने छैनौं । हामी अनलाइन अडिसन भने गर्नेछौं ।’


फिल्म ‘बधाई हो’ का लेखक अक्षत गिल्दिलका अनुसार कोभिड–१९ को महामारीले बलिउडमा कथा भन्ने तरिकालाई नयाँ मोड दिनेछ । ‘यो बेला धेरैको जीवनलाई असर गर्ने कुरा आर्थिक मन्दी हो । यसले हामीले बनाउने किसिमको फिल्मलाई असर गर्नेछ किनभने हाम्रो वरिपरी हुने घटनाले हाम्रो फिल्मलाई नियन्त्रण गरेको हुन्छ । मैले सुनेको छु कि दोस्रो बिश्वयुद्ध पछि अमेरिकन सैनिक घर फर्किदा उनीहरुले आफुले छोडेको अमेरिका यस्तो थिएन भन्ने महसुस गरे जसमा आधारित प्रसस्त फिल्महरु बने ।’


अब कलाकारको आसपास रहने मेकअप र भेषभूषा गर्ने व्यक्ति पनि आफ्नो सहायक नराखी काम गर्ने छन् । करिना कपुर खान र आलिया भट्ट जस्ता बलिउड नायिकाको निम्ति काम गरेका चर्चित मेकअप कलाकार पोम्पी हंस भन्छन,‘आगामी दिनमा फिल्मको सुटिंङ एकदम कडा निगरानीमा हुनेछ । यस कारण पनि आफै बढी सक्रिय हुनुपर्ने छ र सहायकको साथको अपेक्षा गर्नु हुँदैन । आफ्नो र कलाकारको सुरक्षाको निम्ति हामीले प्रयोग गर्ने सामाग्रीहरु र साधन संक्रमण रहित बनाउन पर्छ ।’

 

लेखक : सृष्टि नेगी (न्युज १८)

             
अनुबाद : नारायण

 

 

र, यो पनि 

लकडाउन १४

 

 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार