• बिहीबार १-६-२०८१/Thursday 04-18-2024
पत्रपत्रिका

कोरोनाभाइरसले बेलायतमा मृतकको संख्या यूरोपमै उच्च

काठमाडौं । बेलायतमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या यूरोपका अन्य राष्ट्रभन्दा बढी  छ । सरकारी अधिकारीहरुका अनुसार बेलायतमा बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणले २९ हजार ४२७ जनाको मृत्यु भएको छ ।

 

विदेश मन्त्री डोमिनिक राबले आफ्नो दैनिक पत्रकार भेटघाटमा बेलायतले छोटो अवधिमा यति धेरै संख्यामा व्यक्तिको मृत्यु हुने घटना कहिल्यै नदेखेको प्रतिक्रिया दिनुभयो । बेलायतमा विश्वका अन्य राष्ट्रहरुको अपेक्षा कोभिड–१९ संक्रमितको मृत्युदर पनि बढी छ ।


इटालीमा कोभिड–१९ को संक्रमणले हालसम्म २९ हजार ३१५ जनाको मृत्यु भएको हो । जुन बेलायतभन्दा कम छ । इटालीभन्दा बेलायतमा संक्रमण दर पनि बढी छ । इटालीभन्दा बेलायतमा परीक्षण दर पनि कम छ । बेलायतमा बुधबारसम्म १३ लाख ८३ हजार ८४२ जनामा परीक्षण गरिएको छ ।

 

एकैदिनमा ८४ हजार ८०६ वटा नमूनाको परीक्षण गरिएको छ । बेलायतमा कोरोनाभाइरसको संक्रमितको संख्या एक लाख ९६ हजार पुगेको छ । इटालीमा कुल संक्रमित दुई लाख १३ हजारको करिब छन् ।गोरखापत्र

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार