• शुक्रबार १२-१६-२०८०/Friday 03-29-2024
अर्थ

मदिरा पसल खोल्न दिन सरकारसँग माग

काठमाडौं ।  नेपाल पेय पदार्थ संघले निश्चित समयका लागि मदिरा पसल खोल्न दिन सरकारसँग माग गरेको छ।

 

संघले विश्वव्यापी रुपमा कोरोनाको कारण अर्थतन्त्रमा परिरहेको प्रभावलाई मध्यनजर गर्दै तोकिएको सुरक्षाको मापदण्ड अनुसार सामाजिक दुरी कायम गरी स्वास्थ्य एवं सुरक्षाका उपायहरु अबलम्बन गर्दै निश्चित समय तोकि मदिराका बिक्री कक्षहरु खोल्न दिन सरकारसँग अनुरोध गरेको छ ।

 

 अतिरिक्त खुद्रा पसल संचालन गरि जिविकोपार्जन गर्नुपर्नें व्यवसायिहरुको जिवनयापन पनि कष्टकर बन्दै गएको प्रति ध्यानाकर्षण गराउँदै संघले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयमा पत्र  बुझाएको हो ।

 

 आठ लाख भन्दा बढीलाई प्रत्यक्ष्य तथा अप्रत्यक्ष रोजगारी प्रदान गरीरहेको यस क्षेत्रको खर्बौको लगानी एवं लाखौको रोजगारी डुब्ने खतरा रहेको तर्फ पेय पदार्थ संघले ध्यानाकर्षण गराएको छ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार