• मंगलबार १-४-२०८१/Tuesday 04-16-2024
अर्थ

सौराहाका होटल दशैँअघि नखुल्ने

सौराहा । लकडाउनसँगै बन्द भएका सौराहाका होटल दशैँअघि नखुल्ने भएका छन् । पारिवारिक तवरबाट चलेका साना होटल खुले पनि व्यावसायिक होटलहरु दशैँमा मात्र खोल्ने तयारी गरिएको छ ।

 

क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटल खुले पनि पर्यटक नआउने भएकाले थप व्ययभार नहोस् भन्नका लागि होटल बन्द गर्ने विषयमा व्यवसायीहरु सहमत भएका छन् । उनले भने, 'लकडाउनपछि तत्काल विदेशी पर्यटक आउने कुरा भएन, स्वदेशी पनि खासै आउँदैनन् । होटल खुलेपछि दैनिक सञ्चालन खर्च धेरै हुने तर पर्यटक नआउने भएकाले तत्काल होटल सञ्चालन नगरिने उनले जानकारी दिए ।

 

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार जेठको पहिलो साताबाट भदौ अन्तिमसम्मको समय अरु बेलामा पनि पर्यटक नआउने समय हो । त्यसपछिको समयमा हिमाल चढ्नका लागि विदेशी पर्यटक आउने भए पनि यस वर्ष त्यो सम्भावना न्यून रहेको घिमिरेले बताए । उनका अनुसार दशैँताका आन्तरिक पर्यटक आउने भएकाले सोही समयमा होटल खोल्ने तयारी गरिएको बताए ।

 

दुई/चार पाहुनाका लागि होटल खोल्दा सञ्चालन खर्च बढी हुने भएकाले त्यो सम्भावना नरहेको घिमिरे बताउँछन् । होटल व्यवसायीले चैत महिनासम्मको तलब दिएर कर्मचारीलाई बिदा दिएका छन् ।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार