• शनिबार १-८-२०८१/Saturday 04-20-2024
राजनीति

सञ्चारमाध्यमहरु सही कुराको मात्रै प्रचारप्रसार गर्नुहोस : प्रधानमन्त्री ओली 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथाम र उपचारमा युद्धस्तरमा काम भईरहेको बताएका छन् । 

 

सम्बोधनको क्रममा उनले कोरोना रोकथामका लागि उच्चस्तरिय समन्वय समितिले गरेको कामको प्रशंसा गरेका थिए । अबको दुई हप्ता हाम्रो लागि अझै जटिल हुन सक्ने उनको भनाई थियो ।

 

उनले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरु निरन्तर खटिरहेकामा उच्च प्रशंसा गर्दै यसमा सबैको सचेततापूर्वक साथ र सहयोगको अपेक्षा व्यक्त गरेका थिए । 

 

कोरोनाको महामारीसँग जुध्न प्रतिपक्षी दलसहित अन्य विभिन्न राजनीतिक दलले सरकारलाई दिएको साथको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आगामी दिनमा पनि समझादारी र एकता रहने विश्वस व्यक्त गरे।

 

सीमामा रोकिएका नेपालीहरूबारे सरकारले उचित कदम चालेको भन्दै उचित समयमा पुनः जाँच गरेर नेपाल भित्र्याइने आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्रीले बताएका थिए ।

 

उनले वर्तमान सरकारले भ्रष्टाचार भएको थाहा पाए कारबाही गर्ने सम्बोधनमा जनाए । ‘वर्तमान सरकारले भ्रष्टाचार भएको थाहा मात्रै पाए पनि निर्ममताका साथ कारबाही गर्छ ।’ 

 

केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भ्रष्टाचारको कुरा उठाएर बेमौसमी बाजा बजाएको प्रधानमन्त्रीको आरोप छ । यस्तै उनले मूलधारका सञ्चारमाध्यमहरुलाई सही कुराको मात्रै प्रचारप्रसार गर्न आग्रह गरेका छन्।

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार