• शनिबार १-८-२०८१/Saturday 04-20-2024
रंगमञ्च

क्वारेन्टाइन अभियान नाटक महोत्सवमा आज 'लाटीको छोरो'

काठमाडौं । ‘क्वारेन्टाइन अभियान नाटक महोत्सव’मा आज नाटक 'लाटीको छोरो' फेसवुक लाइभ मार्फत देखाईदै छ । श्याम शाहको कथालाई सुलक्षण भारतीले निर्देशन गरेका हुन । 

 

परापूर्वकालदेखि बसोबास गर्दै आइरहेका डोम समुदायमाथि राजनीतिक, आर्थिक र सामाजिक रुपले हस्तक्षेप गरिरहेका असुन्दर मानिसहरुको बसोबास सुन्दर बजार भन्ने बस्तीमा छ । यसै बस्तीभित्र बोल्न नसक्ने, मानसिक सन्तुलन गुमाएकी लाटी पनि बस्छे । उनीमाथि समाजले के–कस्तो दृष्टिकोणबाट असमान व्यवहारहरु गर्छ भन्ने कुरा नाटकको प्रमुख विषय बस्तु हो । उनै लाटीको वरिपरि घुमेको कथा हो नाटक ‘लाटीको छोरो’।

 

पशुपति राई, केनिपा सिंह, टीका पहारी, कुन्दन चौधरी, सन्देश लामिछाने, रोसन सुवेदी, प्रकाश दाहाल, राजन काफ्ले, सुदिप खतिवडा, आयन खड्का, मिलन कार्की,अरबिन्द खड्का, रियर राई, अर्चना पन्थी, सपना चौधरी लगाएतका कलाकारको नाटकमा अभिनय रहेको छ।

 

संक्रमणबाट बच्ने एकमात्र उपाय  ‘क्वारेन्टाइन’लाई प्रोत्साहन र साथ दिन थिएटर मल–कीर्तिपुर रङ्गमञ्च र थिएटर सेन्टर फर चिल्ड्रेन (टिसिसी नेपाल)  ले विश्व रङ्गमञ्च दिवस २७ मार्च (१४ चैत्र) बाट उत्सव सुरु गरेको हो । नाटकको भिडियो ठिक ५ बजे थिएटर मलको अफिसियल पेज फेसबुक डटकम स्ल्यास थिएटर मलबाट लाइभ स्ट्रिमिङ गरिनेछ । 


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार