• शनिबार १-८-२०८१/Saturday 04-20-2024
मनोरञ्जन

लकडाउन पछि बलिउड नायिकाको योजना 

मुम्बई । कोरोना भाइरस फैलिन नदिन गरिएको लकडाउनले अहिले सबै क्षेत्रलाई असर गरेको छ । यस क्रममा अत्यावश्यक सेवा बाहेक सबै बन्द छन् ।

 

अहिले भारतीय फिल्म नगरी बलिउड पनि पुरै बन्द छ । सबै बलिउडकर्मी घरमै दिन बिताइरहेका छन् भने उनीहरु अरुलाई  घर बाहिर नजान पटक पटक सामाजिक सञ्जालबाट अनुरोध पनि गरिरहेका छन । 

 

लकडाउनको बेला घरमा नै आफ्नो पुरानो दिन सम्झदै र अतीतका तस्वीर पल्टाउँदै बसेका बलिउडकर्मीले ती कुरा आफ्नो सामाजिक संजालमा राखेका छन । यो समय घरमा बसी खाना पकाएको, घर सफा गरेको, योग र व्यायम गरिरहेको तस्वीर र भिडियो आफ्ना फ्यानहरुलाई देखाइरहेका छन् । 

 

सधै केहि न केहि काम गरिरहने बलिउडकर्मी घर बसीरहँदा आत्तिएका पनि देखिन्छन । २१ दिने लकडाउन सक्किन लाग्दा केहि कलाकारहरुले भने लकडाउन सक्किए लगत्तै के गर्ने भन्ने योजना बनाइरहेका छन ।
 
'स्टुडेन्ट अफ द एयर-२' कि नायिका तारा सुतेरियाले इन्स्टाग्राममा समुन्द्र किनारमा  सुट गरेको आफ्न पुरानो फोटो सार्वजनिक गर्दै भनेकी छन, 'म यहाँ जान चाहन्छु ।' 

 

त्यस्तै श्रीमान नायक रणबीर सिंहसग मुम्बईमा  समय बिताइरहेकी नायिका दीपिका पादुकोणले भने आफ्नो बुवाआमालाई भेट्न बैंगलोर जान योजना बनाएकी छिन् । 'यो समय मैले मेरो परिवार खुब याद गरेकी छु । खासमा लकडाउन हुनुअघि नै मैले बुवा आमाकोमा जाने योजना बनाएको थिए । मलाई लाग्छ सबै कुरा सामान्य हुने बित्तिकै म बैंगलोर जान्छु ।'

 

लकडाउन कहिले सक्किएला भनेर कुरिरहेकी अर्की नायिका सोनाक्षी सिन्हाले समुन्द्रमा डाइभ गरी पौडीको आनन्द लिएको भिडियो सामाजिक संजालमा राख्दै लकडाउन पछि यस्तै गर्ने चाहना व्यक्त्त गरेकी छिन् । उनको इन्स्टाग्राममा १.९ करोड फ्लोवर भएको उपलक्ष्यमा यो भिडियो राखेकी सिन्हाले लेखेकी छिन, 'आठ दिनपछि म सोशल मिडियामा फर्किदा मेरा १.९ करोड फ्लोवर भएको खुशीमा सबैलाई आभार व्यक्त गर्छु', यो भिडियो पुरानो हो र लकडाउन सकिने बित्तिकै म फेरी यहि गर्न चाहन्छु ।


प्रधानमन्त्री राहत कोषमा योगदान नगेरेको आरोप खेपेकी सोनाक्षीले त्यसको पनि गतिलो जवाफ दिएकी छन, 'मैले दान गरेको घोषणा नगर्दा जसलाई लाग्छ कि मैले केहि पनि योगदान गरेको छैन भन्ने सोची मेरो मजाक गर्ने ती सबैलाई मेरो एक मिनेट मौनधारण ।' दान गरेको  घोषणा गर्ने नगर्ने व्यक्तिगत कुरा हो । अब शान्त हुनुहोस र यो समय कुनै राम्रो काममा लगाउनुहोस् ।


 

प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार